काठमाण्डौ, २६ माघ । गाजामा मृत्युहुनेहरुको संख्या २८ हजार पुगेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले बताएका छन् । गाजामा इजरायली आक्रकणमा परी घाईते हुनेहरुको संख्या साढे ६७ हजार भन्दा माथि रहेको छ । इजरायलको अन्दाधुन्ध ड्रोन र बम आक्रमणमा परी गत २४ घण्टामा मात्रै १०७ जनाको मृत्यु भएको र १४७ जना घाईते भएका छन् । बमबारी भईरहेको स्थानमा एम्बुलेन्स पनि पुग्न नसकेको एजेन्सीहरुले बताएका छन् ।
गत अक्टोबर सात यता मारिनेहरुमा महिला र केटाकेटीको संख्या अत्यधिक रहेको छ । लाखौंको संख्यामा विस्थापित भईरहेका छन् । विश्व जगतले मारिने र मर्ने प्यालेष्टाईनीहरुलाई टुलु टुलु रहे जस्तो भईरहेको छ । शान्ति वार्ता र शान्ति स्थापनाको प्रयासहरु पूर्ण रुपमा असफल हुँदै आईरहेको छ ।इजरायलले हमासलाई सक्ने भन्दै प्यालेष्टाईनी सर्वसाधारणलाई पनि निशाना बनाईरहेको छ ।

