बेङ्गलोर, भारत । अखिल भारत नेपाली एकता समाजको सदस्यता वितरण र बिधान वितरण अभियान जारी रहेको छ । यसै सन्र्दभमा अखिल भारत नेपाली एकता समाज बेङ्गलोर दक्षिण नगर समितिको २०२४ को सदस्यता र आठौँ अखिल भारत सम्मेलनद्वारा पारित बिधान वितरण कार्यक्रम निरन्तर चलिरहेको छ ।
मिति ११ फेब्रुअरी २०२४ दिन जे.पी. नगर एरियामा केन्द्रीय बैकल्पिक सदस्य शेरसिंह बिकको नेतृत्वमा सदस्यता अभियान टिमले सदस्यता वितरण गर्नको साथै अखिल भारत नेपाली एकता समाजको लक्ष्य र उद्देश्य सम्बन्धी प्रशिक्षण पनि संचालन गरेको छ । बेङ्गलोरस्थित नेपाली श्रमिकहरुको हरेक समस्याको समाधानका लागि यहाँको न्यायलय सम्म नेपाली हरूको पक्षमा अवाज बुलन्द गर्ने एक मात्र संगठन रहेको छ ।
Comments

