बेंगलोर, भारत । बेंग्लोरमा सदस्यता वितरण सहित नवीकरण अभियान निरन्तर जारी रहेको छ ।
अखिल भारत नेपाली एकता समाजकसो सदस्यता नविकरण तथा सदस्यता वितरण र आठौं अखिल भारत सम्मेलनद्वारा पारित विधानको वितरण अभियान चलिरहेको छ । केन्द्रीय बैकल्पिक सदस्य तथा नगर सचिव शेरसिंह वि.क.को नेतृत्वको अभियान टिमले जेपी नगर वानरकट्टा जै नगरमा सदस्यता वितरण गर्दै अखिल भारत नेपाली एकता समाजको लक्ष्य उद्देश्य स्पष्ट पारेका थिए ।
एकता समाजको लक्ष्या, उद्देश्य प्राप्तिका लागि सम्पूर्ण नेपाली श्रमजीवी दाजुभाई दिदीबहिनीहरुलाई सदस्यता लिएर एकताको झण्डामनि गोलबन्द हुन अनुरोध पनि गरेका थिए ।
महिला नगर विभागको बैठक सम्पन्न
अखिल भारत नेपाली एकता समाज बेंग्लोर दक्षिण नगर समिति अन्तर्गत महिला नगर विभागको दोस्रो बैठक समितिकी अध्यक्ष मीना विकको अध्यक्षतामा र केन्द्रीय बैकल्पिक सदस्य तथा नगर उपाध्यक्ष शेर बहादुर दयालको विशेष उपस्थितिमा बैठक बस्यो ।
बैठकले २०२४ सदस्यता नविकरण तथा आठौं अखिल भारत सम्मेलनद्वारा पारित विभान वितरण गर्नुका साथै आगामी ८ मार्च नारी दिवस भव्यरुपमा मनाउने निर्णय गरेको छ । र आगामी १० मार्च वनभोज कार्यक्रममा सहभागी हुने निर्णय गरेको छ ।

