चेन्नै, भारत । धुलावारी गाउपालीका वाड नंबर २ झापा जिल्ला निवासी आइतराज सुब्बाकी ५३ वर्षीय श्रीमती विष्णुमाया सुब्वालाई अखिल भारत नेपाली एकता समाजले चेन्नैको स्टान्ली सरकारी हस्पिटलबाट उद्धार गरी दिनांक २४ फेब्रुअरी २०२४ तदानुसार २०८० फागुन १२ गते का दिन १२५५१ नम्वरको ट्रेनद्वारा न्यु जलपाइगुड़ी हँुदै नेपालको लागि ट्रेन चढाएको छ ।
निज विष्णुमाया सुब्बा कामको शिलशिलामा गाउँकै एकजना मान्छेसँग जनवरी अन्तिम हप्ता चेन्नई आएकी रहिछन् । चेन्नई सेन्ट्रलमा झरे पछि विष्णुमाया हराइछन् । जनवरी ३१ तारिक का दिन राती ११ बजे चेन्नै सेन्ट्रलको नजिकै काम गर्ने एकता समाजका सदस्य हिकमा रसाइलीको अफिसमा पुगिछन । साथीहरूले मलाई पनि जानकारी गराउनु भयो । हामी सबैले निजसँग कुरा ग¥यौं । निजको नागरिकता चेक जाँच गरे पछि निज धुलावारी झापा घर भै चेन्नैमा कामको खोजीमा आएको जानकारी भयो । त्यस पछि राती खाना खुवाएर राख्ने काम भयो । तर विहान संगठनको मातहतमा घरमा पठाउनको लागि चेन्नै उत्तर नगरका अध्यक्ष उमानन्द आचार्यजी घटना स्थलमा पुग्दा विष्णुमाया झोला बोकेर निस्कनु भए छ । आसपासका एरियामा खोज गुहार गर्ने काम भयो तर भेटाउन सकिएन । फेब्रुअरी १ तारिक म नेपाल गएर २० फÞरवरीको राती ९ बजे चेन्नै एयरपोर्टमा फर्कदै थिएँ । अचानक मोवाइलमा घन्टी बज्यो फोन उठाएर बात गरे फोनमा चेन्नै स्टान्ली हस्पिटलको अर्थो स्पेशलिस्ट डा. रोवन थिए । उनले भने एक नेपाली महिला दुर्घटना भएर हस्पिटलमा आएको धेरै दिन भयो । तर उनी को हुन कहाँकी हुन भन्ने कुरा जानकारी हुन सकेन ।
तपाई अखिल भारत नेपाली एकता समाजको मान्छे हो अरे यसबारे जानकारी लिन हस्पिटलमा आउनुस भने । २१ फÞरवरीका दिन उमानन्द आचार्य र म स्टान्ली सरकारी हस्पिटलमा पुगेर भेटघाट गर्दा उनै २० दिन पहिला हराएकी दिदी हुनुहुदो रहेछ । मैले पुराना फोटा र नागरिकताको कपि देखाए उनी खुशी हँुदै भनी कहाँबाट भेटाउनु भयो ? उनी रोडमा घुम्दै गर्दा उनको सड़क दुर्घटना भएको रहेछ । निजको झोला हराएछ । वेहोश अवस्थामा सरकारी एम्वुलेन्सले सरकारी हस्पिटलमा लगेर अडमीसन गरेको हुनाले मानवीयताको हैसियतले डाक्टर रोवनको टिमले राम्रो उपचार गरेछन् । खान बस्न पनि दिएछन् ।
उपचारको क्रम सकिए पछि डाक्टरको टिमले आश्रममा लगेर राख्ने योजना मिलाएका रहेछ कताबाट मेरो भिजिटीङ कार्ड मिलेको हँुदा फÞोन गर्न सम्भव भएछ । डाक्टरको सल्लाह अनुसार हामी नेकपा (मशाल) का केन्द्रीय नेता कमरेड सुरेन्द्र भण्डारीलाई निज विष्णुमाया सुब्बाको बारेमा बुज्न लगायाँै । उहाँले तुरुन्त निजका आफन्तजनसँग सम्पर्क गर्नु भएछ । निजका श्रीमान आइतराज, भाइ हस्त सुब्बा नेपालबाट र निजकी छोरी कुवेतबाट हाम्रो सम्पर्कमा आउनु भयो । हामीले परिवारजनसँग वात गरायांै । मलाई आश्रमा राख्न खोजेका थिए धन्न अखिल भारत नेपाली एकता समाजले सहयोग गरेको हुनाले तिमीहरूसँग बोल्ने मौका पाए भन्दै डाको छोडेर रोईन । परिवार र निजको सहमति अनुसार आफु टिकट भए एक्लै नेपाल जान सक्ने कुरा पनि गरिन । त्यस पछि हामीले संगठनमा चन्दा संकलन गरेर नेपाल पठाउने योजना बनाएका थियौं तर आफन्तजनले दःखको बेला आमाको लागि सहयोग गर्न सकिन भने म छोरी भएको के काम भन्दै संगठनलाई धन्यवाद दिँदै चन्दा नउठाउन आग्रह गर्दै गाडी भाडा पठाउने बचन दिईन ।
त्यसपछि २३ तारिकका दिन म हस्पिटलमा गएर संगठनले जिम्मा लिएको कागजपत्रमा सही गरे पछि डिस्चार्ज गर्ने काम भयो । डिस्चार्ज पछि मैले निजलाई चेन्नै उत्तर नगरका उपाध्याक्ष सोनु बरालको रूममा लगेर एक रात राख्ने काम भयो । त्यस पछि हामीले सामान्य टिकटमा पठाए भिडभाडमा हराउन सक्ने डरले तेस्रो एसी टिकट बनायाँै । सम्पर्कको लागि एउटा मोवाइल किन्ने काम ग¥यौं । त्यस पछि चेन्नै उत्तर नगर समितिका अध्यक्ष उमानन्द आचार्य, पश्चिम नगर समितिका अध्यक्ष अर्जुन केसी महिला क्षेत्रीय सदस्य सिता घिमीरे र म लगायतका साथीहरूले चेन्नई पेरम्बुरबाट न्यु जलपाइगुड़ीको लागि १२५५१ नम्बरको ट्रेन चढाएका छौं । साथै अखिल भारत नेपाली एकता समाजले सर्टिफÞाइड गरेर एक जानकारी पत्र रेलवे प्रशासनलाई लेखेका छौं । ता कि निजको यात्रा सहज होस भनेर । किनकि निजसँग कुनै ओरिजिनल डकुमेन्ट छैन । गुवाहाटी जानी पेसेन्जर पूजासँग परिचय बनाएर बाटोमा केही भए सहयोग गर्नु भनेका पनि छौं । निज विष्णुमायालाई संगठनले केही आर्थिक सहयोग पनि गरेको छ । निज जलपाइगुड़ी पुगे पछि निजका भाइ हस्त सुब्बा लिन आउने छन् । यात्रा टिकट र मोवाइ नम्बर पनि आफन्तजनलाई जानकारी गराएका छौं । स्मरणरहोस केही वर्ष पहिला झापाका एक जना पदम सुनारलाई पनि ट्रेनबाट खसेर हात कटिएको थियो । हामीले सरकारी हस्पिटलमा उपचार गराएर संगठनको मातहतमा नेपाल पठाएका थियांै । उहाँ अहिले पनि संगठनको गुन सम्झनु हुन्छ । अखिल भारत नेपाली एकता समाजले भारतमा अलपत्र परेका विरामी असायहरूलाई सहयोग गरेर आफ्नो गन्तव्य स्थानसम्म पुराउने काममा अभिभावकीय भूमिका खेल्दै आएको छ । आशा छ विष्णुमाया सुब्बा सकुसल घर पुग्नु हुनेछ । सम्पूर्ण टिमलाइ बधाइ छ ।

