एरिया समिति गठन

वेङलोर । बेङ्गलोर दक्षिण नगर समिति अन्तर्गत नयाँ एरिया संगठन समिति गठन भएको छ । मिति २५ फेब्रुअरी २०२४का दिन अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य तथा नगर उपाध्यक्ष सेर बहादुर दयाल को पहलकदमी र केन्द्रीय सचिव रामसिंह विक, केन्द्रीय सदस्य धर्म राम विक, केन्द्रीय सदस्य गणेश विक, को विशेष उपस्थितिमा ११सदस्यीय रेसमण्डरोड एरिया संगठन समिति गठन गरिएको छ ।

गठित समितिका पदाधिकारी सहित सदस्यहरुको नामावली निम्नानुसार रहेको छ । अध्यक्ष लोकेन्द्र भन्डारी, उपाध्यक्ष राम सिंह ठगुन्ना ,सचिव धर्मेन्द्र बोहोरा, सहसचिव हरिस ,कोषाध्यक्ष डम्बर सिंह ठगुन्ना,सदस्यहरुमा खेम राज, नरेस भट्ट, जनक ठगुन्ना ,धरमेन्द्र महरा ,मान बाहादुर र एक स्थान रिक्त रहेको छ ।सम्पूर्ण सदस्यहरूलाई सदस्य प्रमाणपत्र दिएर केन्द्रीय सचिव रामसिंह विक ले अखिल भारत नेपाली एकता समाजको लक्ष्य र उद्देश्य बारे स्पष्ट पार्दै दक्षिणपन्थी अवसरवादीहरूले जुन प्रकारको भ्रम फिजाईरहेका छन् त्यस प्रति पनि हामी स्पष्ट हुँदै जानेछौं। अखिल भारत नेपाली एकता समाजको आठौं सम्मेलन द्वारा पारित बिधान र सदस्यता वितरण गर्दै संगठन निर्माण गरेका छौँ । दक्षिणपन्थीहरूले अझै फुटपरस्त भनेर जनता लाई भ्रम फैलाउने गरेका छन् तपाई हामीले बुझ्ने पर्ने भएको छ भन्ने धारणा राखेका थिए ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित