बेंग्लोर । दुर्घटनामा पारेकी देवकला दर्जीको अखिल भारत नेपाली एकता समाज बेंग्लोर दक्षिण नगर समितिले शीघ्र स्वास्थय लाभको कामना गरेको छ । गत दिनाङ्क २५ फेब्रुअरी २०२४का दिन बझाङ जिल्ला पाथीभरा गाउँपालिका वडा नं. ४ मोहन दर्जी कि श्रीमती देवकला दर्जीको कर्नाटक बेङ्गलोर कोरमङ्गला रिङरोड इजीपुरा क्रासमा वाकिङ गर्न गएकी देवकला लाई विपरित दिशाबाट आइरहेको मोटरसाइकल ले कार लाई ठक्कर दिँदा रोडको छेउमा उभिएकी देवकला माथि खस्दा सख्त घाइते हुन पुगेकी थिइन उनलाई एकता समाजका सदस्यहरु ज्ञानमति वि.क., दीर्घबहादुर विक. बेंग्लोर दक्षिण नगर समितिका अध्यक्ष किसनबहादुर वि.क. र अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य तथा हाँक साप्ताहिकका संवाददाता करण दयालले देवकलाको उपचारका लागि अस्पताल लैजाने साथ सहयोग गर्ने गरेका छन् ।
उनको उपचार ग्रीन विलु, अस्पतालमा हुँदै छ । डाक्टरहरुले उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । देवकलाले अखिल भारत नेपाली एकता समाजप्रति अगाध आस्था एवं विश्वास रहेको भन्दछिन् ।

