फरिदावाद । अखिल भारत नेपाली एकता समाज फरिदावाद महिला विभागको तत्वाधनमा दिनांक ८ मार्च २०२४ का दिन ११४औ अन्तर्राष्ट्रि श्रमिक महिला दिवस सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता नगर महिला सदस्य श्रीमती गिता पौडेलले गर्नु भयो। अतिथिको आशन ग्रहण पछि सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो। उपस्थित जनमानसलाइ शब्दबाट नगर सदस्य दिपा बिकले स्वागत गर्नु भएको थियो। महिला दिवसको औचित्य बारे प्रमुख अतिथि अखिल भारत नेपाली एकता समाजकी केन्द्रीय सदस्य सिमी क्षेत्रीले प्रकाश पार्नु भएको थियो ।
कार्यक्रम सफलताको शुभकामना दिनेहरूमा केन्द्रीय सदस्य तथा नगर अध्यक्ष विनीमाधव पौडेल, केन्द्रीय सदस्य थम्मन थापा, क्षेत्रीय सदस्य विरू चन्द, क्षेत्रीय महिला विभाग बाट रमा न्यौपाने लगायतका बक्ताहरूले आ(आफ्ना विचारहरु व्यक्त गर्दै महिलाहरुको वर्तमान दशा र दिशा माथि प्रकाश पार्नु भएको थियो। भने कार्यक्रमको संचालन केन्द्रीय सदस्य तथा नगर सदस्य भूमिसरा बुढाले गर्नु भएको थियो।
रिपोर्टर ( अमृत कुमार केसी

