चेन्नै ,पुनर्वास नगरपालिका वाड नंबर ५ नया कटान, कन्चनपुर जिल्ला निवासी दल बहादुर बोहरा ३८ वर्षीय छोरा प्रेम वीर बोहरा दिनांक १३ मार्च २०२४ का दिन चेन्नैको राजीव गांधी सरकारी अस्पतालमा दुःखद निधन भएको छ। निज प्रेम बिर बोहरा चेन्नै देखि ५० किलो मिटर टाढा पोट्लुर भन्ने ठाउँमा अवस्थित एक फलाम कम्पनीमा २० वर्ष देखि कार्यरत थिए । अचानक ७ मार्च २०२४ का दिन फ्याक्ट्रिमा काम गर्ने दौरानमा फलामको रडले निजको अनुहारमा गंभीर चोट लागेर सक्त घाईते भएका थिए। निजलार्इ नजिकको त्रिभालुर जेनेरल हस्पिटलमा लगिएको थियो । त्यहाँ उपचार असम्भव भए पछि नीजलाइ राजीव गांधी सरकारी हस्पिटलमामा सारिएको थियो। उपचारका क्रममा निजको दुखद निधन भएको छ। उक्त घटनाको वारेमा जानकारी पाए पछि अखिल भारत नेपाली एकता समाज, गाउका साथीहरू र आफन्तजनको उपस्थितिमा मालिक संग कुरा गरेर ७ लाख क्षतिपूर्तिको व्यवस्था गर्नुका साथै प्रहरी प्रशासन र मेडिकल फर्मालीटी पुरा गरिएको थियो । अखिल भारत नेपाली एकता समाज निजको दुखद निधन प्रति गहिरो दुःख प्रकट गर्दै शोकाकुल परिवार प्रति हार्दिक समवेदना प्रकट गरेको छ । मृतकका परिवारलार्इ लामो प्रयास पछि ७ लाख रूपया क्षतिपूर्ति दिलाउन सफल भएको छ। निजको शवयात्रामा सहभागी हुनेहरूमा महेन्द्र बस्याल, उमानन्द आचार्य, हरि साउद, अम्मर सिंह ठकुरी, गणेश सायर, डंम्मर खड्का, गगन रोकाय, लक्ष्मण बोगटी, भीम बहादुर बोगटी, मदन थापा, दिनेश बोहरा, भीम बिष्ट, रमेश थापा, देवीराम थापा, कांशीराम बोगटी, धन बहादुर बोहरा, दिपक बोहरा, नविन बोहरा, कंपनी स्टाफ पद्मानाभन, उदय निधी, राराद बोगटी, दिपक खड्का, राम बहादुर बोगटी, पदम बहादुर थापा, भक्त थापा, करन साउद, लाल बोगटी,राम बोगटी, लाल खड्का, जोग रोकाया, सगर थापा, किशन पुजरा, दिलु खड्का, दिल बहादुर खड्का, किशन बोगटी, ईन्द्र नाथ, देव बहादुर बिष्ट, अबि रोकाय रहेका थिए। मृतकको सम्मानमा एक मिनेट मौनधारण सहित दिनांक १६ मार्च २०२४का दिन कृष्णापेट श्मशान घाटमा अन्त्यष्टि गरिएको छ अखिल भारत नेपाली एकता समाजका महासचिव महेन्द्र बस्यालले शोक मन्तव्य राखेका थिए । भने उमानन्द आचार्यले कार्यक्रम संचालन गरेका थिए ।

