मुंवई, भारत । २७ मार्च २०२४ माडी नगरपालिका बरुवाबजार १, चितवन स्थायी बसोबास गरी बस्ने शंकरप्रसाद महतोको छोरा वर्ष ५० को रामाप्रसाद महतो केही दिन पहिला मात्रै नेपालदेखि धन कमाउने आसमा मुम्बई आएका थिए । तर नोकरी खोज्ने दौरानमा अन्धेरीको साहारगावमा २३,३,२०२४ का दिन एक्सडेन्टमा परेर दुःखद निधन हुन पुगेको छ ।
मुम्बइमा मृतककाे कोही आफन्त नभएको अवस्थामा अखिल भारत नेपाली एकता समाजलाई उनको निधनको खवर प्राप्त भयो । खबर प्राप्त भईसके पछि उनका छोरा धनेष्वर महतो, बिष्नु महतो र जितु महतो नेपालदेखि आईसके पछि अखिल भारत नेपाली एकता समाजका केन्द्रीय कोषाध्यक्ष इन्द्र भेटाल, अन्धेरि एरिया समितिका अध्यक्ष शिबप्रसाद शर्मा र आफन्तको रोहवरमा पुलिस प्रशासनको प्रकृया मिलाएर हस्पिटलको प्रकृया पुरा गरे पछि सबै गाउलेहरुको उपस्थितिमा अन्तिम संस्कारको विधि सम्पन्न भएको छ । उक्त अन्तिम संस्कारमा करिब २५ जना भन्दा धेरै गाउँका साथीहरुको उपस्थिति रहेकाे थियो । उनको धन कमाउने रहर रहर मात्रै हुन पुगेको छ ।

