चेन्नै ,अखिल भारत नेपाली एकता समाज चेन्नईको सयुँक्त तत्वावधनमा १३५ औ अन्तर्राष्ट्रिय मजदूर दिवसको कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता दक्षिण नगर समितिका अध्यक्ष रन बहादुर थापाले गर्नु भयो। अतिथिको आशन ग्रहण पछि सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो। उपस्थित जनमानसलाइ शब्द बाट देवी रिजाल र संगित बाट रक्तिमले स्वागत गरेका थिए। १३५ औ मज़दूर दिवसको औचित्यता बारे अखिल भारत नेपाली एकता समाजका महासचिव महेन्द्र बस्याल प्रष्ट पार्नु भएको थियो। कार्यक्रममा मई दिवसको शुभकामना दिनेहरूमा दक्षिण भारत क्षेत्रीय समितिका अध्यक्ष तथा केन्द्रीय सदस्य हेमराज रिजाल, पश्चिम नगर समितिका अध्यक्ष तथा केन्द्रीय सदस्य अर्जुन केसी, केन्द्रीय सदस्य दुर्गा सुवेदी केन्द्रीय सदस्य माया थापा, ज्योतिनारायण सुवेदी, दक्षिण नगर उपाध्यक्ष लक्षमी प्रसाद आचार्य, पश्चिम नगर उपाध्यक्ष हरि जीसी, क्षेत्रीय सदस्य उमानाथ ढकाल, सुनिता बस्याल, पश्चिम नगर सदस्य दिल कुमार नेपाली, भीम थापा, जीवन थापा, कुमारी रायमाझी, सिता थापा, गिरी नेपाली, मान बहादुर खड्का खेम बहादुर बिक, प्रेम सागर शर्मा, पदम सापकोटा, अर्जुन हमाल, रामु नेपाली, माया सुनार, माया परियार, निर्मला नेपाली, रमा न्यौपाने, बन्सरा राना, मान बहादुर खड्का र विष्णु परियार रहेका छन भने कार्यक्रमको संचालन उत्तर नगरका सदस्य तथा केन्द्रीय सदस्य तिलकराम गोराथोले गर्नु भएको थियो।

