फरिदावाद नगरसमितिले मनायो मजदुर दिवश

फरिदावाद ,अखिल भारत नेपाली एकता समाज फरिदाबाद नगरसमितिले १३५औं अन्तर्राष्ट्रिय मजदुर दिवश मनायो । नगर सचिव थम्मन थापा संचालन तथा नगर अध्यक्ष विनी माधवको अध्यक्षतामा अतिथिको आशन ग्रहण पछि शहीदहरुको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो । उपस्थित जनमानसलाई नगर सदस्य विरु चन्दले शब्दबाट स्वागत गर्नु भएको थियो । श्रमिक दिवसको औचित्यमाथि प्रमुख अथिति अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य खेम न्यौपाने प्रकाश पार्नु भएको थियो । कार्यक्रम शुभकामना दिनेहरुमा केन्द्रिय सदस्य कोष प्रसाद पौडेल , मधु भुसालले आ आफ्ना विचारहरु राख्दै अन्तर्राष्ट्रिय मजदुर दिवस माथि प्रकाश पार्नु भएको थियो।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित