चेन्नै दक्षिण नगर अध्यक्ष रन बहादुर थापाको विधाइ कार्यक्रम सम्पन्न

चेन्नै , भारत   अखिल भारत नेपाली एकता समाज चेन्नै दक्षिण नगर समितिको केन्द्रीय सदस्य तथा चेन्नै दक्षिण नगर समितिका अध्यक्ष श्री रन बहादुर थापाको विधाई कार्यक्रम २३ जुन २०२४ का दिन सम्पन्न भएको छ। उक्त कार्यक्रमको अध्यक्षता चेन्नै दक्षिण नगर समितिका नव नियुक्त अध्यक्ष रोमनाथ सुवेदीले गरेका थिए । आशन ग्रहण पछि सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो। उपस्थित जनमानसलाइ केन्द्रीय सदस्य तथा चेन्नै दक्षिण नगर समितिकी कोषाध्यक्ष दुर्गा सुवेदीले स्वागत गरेका थिए । कार्यक्रमका विशेष अतिथि रन बहादुर थापालार्इ केन्द्रीय महासचिव महेन्द्र बस्यालले अवीर लगाएर माल्यार्पण गर्नुका साथै केन्द्रीय समितिको तर्फ बाट दोसल्ला ओडाएर सम्मान गरेका थिए । महेन्द्र बस्यालले रन बहादुर थापा जैमिनी नगरपालिका वाड नंबर ८ छिस्तीबाट चेन्नै आएर तमिलनाडु सरकारको रक्सी कम्पनीमा काम गर्नु हुन्थ्यो। वहाँ अखिल भारत नेपाली एकता समाजको टोल, एरिया नगर र क्षेत्र हुदै केन्द्रीय सदस्य हुनुभएको थियो। संगठनको काममा लगनशील जुझारू एवं एक होनहार कार्यकर्ता हुनुहुन्छ। अहिले जागीर बाट अबकास लिएर वहाँ सदाको लागि स्वदेश जादै हुनुहुन्छ। हामीलाइ आसा छ वहाँ देश भित्र गएर पनि अझ सकृय भएर देश र जनताको काममा हमेशा लागिरहनु हुनेछ र वहाँको अवकास पछिको समय सुखमय, स्वास्थ्य र शान्तीपूर्ण ढंगवाट वितोस भन्दै रनबहादुर थापाको प्रगतिको कामना गर्दै धारणा राखेका थिए । विदाई कार्यक्रममा दोसल्ला ओढाई माल्यार्पण गर्नेहरूमा केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष हेमराज रिजाल, केन्द्रीय सदस्य माया हमाल, केन्द्रीय सदस्य दुर्गा सुवेदी, देवी रिजाल, केन्द्रीय सदस्य तथा चेन्नै उत्तर नगर अध्यक्ष उमानन्द आचार्य, केन्द्रीय सदस्य तथा चेन्नै पश्चिम नगर अध्यक्ष अर्जुन केसी, केन्द्रीय सदस्य हरि जिसी, नर बहादुर बिक, दिनेश थापा, रामकुमार केसी, रामु नेपाली, हाँकका पत्रकार राजु अधिकारी, क्षेत्रीय महिला विभाग सदस्य लक्ष्मी खनाल, नगर सदस्य बिरू नेपाली, प्रेम सागर सुवेदी र प्रेम थापा रहेका थिए कार्यक्रमको नगर सचिव भुवन सुवेदीले कार्यकम संचालन गरेका थिए । ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित