एकता समाजले ग¥याे श्रमिक बालकहरुको उद्धार

कोईम्बातुर, भारत । अखिल भारत नेपाली एकता समाजले श्रमिक बालकहरुको उद्धारमा सहयोग गरेको छ । जगन्नाथपुर गाउपालिका वाड नंबर १, पिडारीगुथी, जिल्ला पर्षा, नेपाल निवासी कृष्ण कुमार राम का १७ बर्षीय छोरा अजय कुमार राम र सखुवा प्रसाउनी गाउँपालिका वाड नंबर ५ जिल्ला पर्षा निवासी छोटेलाल महराका १७ वर्षीय छोरा अनवार्त महरा जागिरको शिलशीलामा तमिलनाडुको कोईम्बातुर जाने क्रममा कोईम्बातुर रेलवे स्टेशनबाट उनीहरूलाई वाल श्रमिक भन्दै गिरफÞ्तार गरी कोईम्बातुरको चिल्ड्रेन होममा राखिएको थियो । उक्त विषय अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य राम बहादुर सेन ठकुरीलाई जानकारी भए पछि घटना स्थलमा पुगी घटनाको जानकारी लिने काम भएको थियो ।

पीडित अनवार्त महराका दाजु सुरज महरा र अजय कुमार रामका पिता कृष्ण कुमार रामले अखिल भारत नेपाली एकता समाजलाई छोरा र भाइलाई उद्धार गराइ पाउ भनी निवेदन दिएका थिए । उक्त निवेदन अनुसार अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिले ११जुन २०२४ का दिन कोईमातुर प्रोवेशन अफिसर र चाइल्ड वेलफÞेयर कमिटीलाइ छुट्टा छुट्टै पत्र लेखी १९ जुन २०२४ का दिन निज नावालकहरू अजय कुमार राम र अन्वार्त महरालाई उद्धार गरी आफन्तजनको जिम्मा लगाउने काम भएको छ ।

स्मरण रहोस् यस भन्दा पहिला पनि अखिल भारत नेपाली एकता समाजले कोईम्बातुरमा समातिएका ४ जना नाबालकहरूलाइ चेन्नैको रायपुरमबाट अखिल भारत नेपाली एकता समाजले नै उद्धार गरेर नेपाल पठाउनै काम भएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित