चेन्नै । अखिल भारत नेपाली एकता समाज चेन्नै पूर्व पश्चिम उत्तर दक्षिण नगर समितिको संयुक्तरुपमा हरितालिका तीज ७ सेप्टेम्बर २०२४ भव्यताको साथ मनाउने भएको छ ।तीजको कार्यक्रम दिन अपराह्न १ बजे बाट “कम्युनिटी हल” हारिङटन रोड (नियर पच्चेपास कलेज) सेनयनगर, चेन्नैमा हुँदैछ। उक्त तीज महोत्सवलार्इ भव्य र शान्दार रूपमा सफल पार्नकोलागि चेन्नैमा रहनुहुने सम्पूर्ण नेपाली आमा वुवा दाजु भाई तथा दिदी वहिनीहरू लगायत विभिन्न समाज संगठनका समाजसेवी नेता तथा कार्यकर्ता साथीहरूसंग व्यापक प्रचार प्रसार गर्न अनुरोध गरेको छ ।साथै कार्यक्रममा समयमै उपस्थित भैई दिनकोलागि अखिल भारत नेपाली एकता समाजले सबैलाई निमन्त्रणा गरेको छ ।
Comments

