बेङ्गलोर महादेवपुरामा महिला विभाग गठन

बेंगलोर, भारत । अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत बेंगलोरको महादेवपुरा एरिया समिति गठन गरिएको छ । २८ जुलाई २०२४ का दिन गंगा धमालाको पहलमा र अखिल भारत नेपाली एकता समाज दक्षिणभारत क्षेत्रीय समितिका सदस्य राजेश विष्ट, क्षेत्रीय सदस्य तिल्सरा विष्ट र नारायण देवकोटाको विशेष उपस्थितिमा महिला विभागको गठन गरिएको हो ।
समितिको अध्यक्षमा ममता बुढा मगर, उपाध्यक्षमा पुजा मल्ल ठकुरी, सचिवमा सुनिता बुढा मगर र कोषाध्यक्षमा गंगा धमाला रहनुभएको छ । समितिको सदस्यहरुमा जयन्ति खनाल, पुष्पा बोहरा, गिता थापा, अमृता सुनाखरी, मधु धमाला, पबित्रा तिमिल्सैना, लक्ष्मी दर्लामी, रेखा आले मगर, यसुदा मगर, सिता राना, अमृता तिमिल्सैना, रम्बा बुढा, चन्द्रा तारुङ मगर, बिस्ना शाही र कमला बिष्ट रहनुभएको छ ।
नव गठित महिला विभागीय समितिलाई बधाई तथा शुभकामना नारायण देवकोटा र अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका सदस्य राजेश विष्टले दिनुभएको थियो । विष्टले एकता समाजको लक्ष्य र उद्देश्यलाई स्पष्ट पार्नुभयो । उहाँले भारतमा विभिन्न संघसंस्था खुलेका छन् र ती संघसस्थामा रहनुभएका सबै नेपाली श्रमिकहरुलाई एकता समाजको झण्डामुनि गोलबन्द हुन आह्वान गर्नुको साथै अहिले देखा परेको विकृति विसंगतिलाई न्युनीकरण गर्नको निमित्त पनि हामी एकजुट हुन जरूरी छ । त्यसकारण बेङ्गलोरमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुलाई अखिल भारत नेपाली एकता समाजको सदस्यता लिएर संगठनमा आबद्ध हुन अनुरोध समेत गर्नु भयो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित