बंग्लादेशकी प्रधानमंत्री शेख हसीनाले देश छाडिन सेनाको हातमा शासन सत्ता

काठमाण्डौ । बंगलादेशकी प्रधानमन्त्रीले शेख हसिनाले देश छाडेर भागेकी छन् ।त्यहाँको शासन सत्ता सेनाको हातमा गएको अन्तरराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । शेख़ हसिनाले पदबाट राजीनामा दिएर हेलिकप्टरमा भारतको त्रिपुरा पुगेकी बताईएको छ ।
समाचार संस्थाहरुका अनुसार आन्दोलनकारीले आवासमै छिरेर प्रदर्शन गरेपछि देश छाडेकी उनी ढाकाबाट हेलिकप्टरमा उडेकी थिइन् । केहीबेर अघि उनी भारतको त्रिपुरा राज्य पुगेकी हुन् । ।
आइतबारदेखि हिंसात्मक प्रदर्शन चर्किएपछि प्रधानमन्त्री हसिनाले मुलुक छोडेकी हुन् । यसैबीच गणभवन पुगेका प्रदर्शनकारीले विजयीभावमा उत्सव मनाइरहेका छन् ।उनीहरूले क्यामेराअघि उभिएर विजयीभावमा उत्सवसमेत मनाएको दृश्य टेलिभिजनले प्रसारण गरेको समाचारमा उल्लेख छ । बंगलादेशमा केही समय मत्थर बनेको सरकारविरोधी आन्दोलन आइतबारदेखि पुन चर्किएको थियो । आइतबार बंगलादेशका विभिन्न ठाउँमा सरकारविरोधी प्रदर्शनका क्रममा कम्तीमा ९६ जनाको मृत्यु भएको थियो ।
ुविभेदविरोधी विद्यार्थी आन्दोलन को ब्यानरमा भएको प्रदर्शनका क्रममा ठाउँठाउँमा सुरक्षाकर्मीसँग झडप भएको थियो ।
सोमबार कम्तीमा पनि ४ लाख मानिस सडकमा उत्रिएका थिए । ढाकामा सोमबार मात्र प्रदर्शनका क्रममा ६ जनाको मृत्यु भएको छ । राजधानी ढाकामा गाउँगाउँबाट समेत प्रदर्शनका लागि मानिसहरू आएका थिए ।बंगलादेशमा विद्यार्थीहरुको आरक्ष्ण विरोधी आन्दोलन जेठ महिनादेखि नै जारी थियो आन्दोलनमा विद्यार्थीहरुमाथि हसिना सरकारले निकै दमन गरी करिब तीन सय विद्याथीृको ज्यान लिएको थियो ।विद्यार्थीहरुले गरेको आन्दोलनको प्रभावस्वरुप सर्वोच्च अदालतले स्वतन्त्रसेनानी परिवारले पाउने आरक्षणलाई तीन प्रतिशतमा झारेको थियो । अदालतको फैसलापछि विद्यार्थी आन्दोलन मत्थर हुने आशा संसारको रहेको थियो तर विद्यार्थीहरुले फेरी मारिएका विद्यार्थीहरुलाई राहत क्षतिपूर्तिको व्यवस्थाको माग घाईतेहरुको उपचारको माग गिरफतार विद्यार्थीहरुलाई विनाशर्त रिहाईको माग गर्दै प्रदर्शन जारी राखेका थिए ।जारी आन्दोलनमाथि पनि सरकारले दमन गरिरहेको थियो । तर सोमबार भने आन्दोलनकारीहरुको प्रर्दशनबाट हसिना नै देश छोडेर हिडनु पर्ने भयो ।इतिहासमा जनताको शक्ति अगाडि जस्ता सुकै शासकले पनि घुडा टेक्नु पर्दछ भन्ने उदाहरण यो नै हो । तर सत्तामा सेनाआउनु ले बंगलादेशको राजनीति झनै अधिनायकतातर्फ जाने हो कि भन्ने चिन्ता सर्वत्र रहेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित