काठमाण्डौ । संयुक्त अधिराज्य अन्तर्गतको पश्चिमी राज्य क्यालिफोर्नियाका स्कूलहरुको कक्षा कोठामा स्मार्टफोनहरु प्रयोग नगर्न कडाई गर्न त्यहाँका गभर्नरले निर्देशन दिएका छन् ।स्कूलका प्रमुखहरुलाई चिठी लेख्दै गभर्नरले सो निर्देशन दिएको सिन्हवा समाचार एजेन्सीले जनाएको छ । नया शैक्षिक सत्र शूरु संगै सो निर्देशनलाई कडाइकासाथ लागू गर्न पनि अनुरोध गरिएको छ । स्कूलहरुको सिकाईलाई प्रभावकारी र राम्रो बनाउनकोलागि सो निर्देशन दिनु परेको बताइएको छ । स्मार्ट फोनको अत्यधिक प्रयोगले युवाहरुमा एन्जाएटी ,डिप्रेशन र मानसिक स्वास्थ्य सम्बन्धी समस्या बढेको तथा मानसिक स्वास्थ्यमा असर गरेको भन्दै कक्षा कोठामा स्पार्टफोन प्रयोग नगर्न कडाई गर्नु पर्ने बताएका छन् । उनले स्मार्टफोन प्रयोग नगरेमा विद्यार्थीहरुको अध्ययनमा ध्यान केन्द्रित हुने , राम्रो शैक्षिक नतिजा निस्कने तथा आपसमा सामाजिक सम्बन्ध राम्रो हुने पनि बताएका छन् ।

