पश्चिम भारत क्षेत्रीय समितिको एकता अधिवेशन सम्पन्न

मुंवई । अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति र अखिल भारत प्रवासी नेपाली एकता समाज महाराष्ट्र राज्य समिति बीच १५ अगस्त २०२४ का दिन महाराष्ट्रको वापीमा एकता अधिवेशन संपन्न भएको छ।अधिवेशनको अध्यक्षता मोहन ठकुल्ला ,संचालन प्रताप थापाले गरेका थिए । अधिवेशनमा प्रमुख अतिथि समाजका सचिवालय सदस्य इन्द्र भेटाल रहेका थिए । एकता अधिवेशनले मोहन ठकुल्लाको अध्यक्षतामा २ रिक्त रहने गरी ३९ सदस्यीय अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समितिको निर्माण गरेको छ। अतिथिको आशनग्रहण पछि ज्ञात अज्ञात शहिदहरु प्रति एक मिनट मौनधारण गरिएको थियो। उपस्थित जनसमुदायलाई शब्दबाट मान बहादुर थापाले र संगीतबाट रक्तिम साँस्कृतिक अभियानका कलाकारहरुले स्वागत गरेका थिए। एकता अधिवेशनले मोहन ठकुल्लाको अध्यक्षतामा २ रिक्त रहने गरी ३९ सदस्यीय अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समितिको निर्माण गरेको छ। जसमा उपाध्यक्ष मानबहादुर थापा, सचिव प्रताप थापा, सहसचिव नविन भेटाल, कोषाध्यक्ष केशबहादुर थापा, सदस्यहरुमा बेलमाया थापा, भुपाल त्रामु, ज्ञानबहादुर राहाडि, बलबहादुर राना, बाबुराम अर्याल, अमृता ठकुल्ला, शिबप्रसाद शर्मा, पुर्ण बसेल, लोकेश न्यौपाने, भद्रबहादुर कठायत, श्याम थापा, दिपक खड्का, बिक्रम भण्डारि, धनबहादुर पुलामि, टेकबहादुर त्रामु, मोतिलाल राहाडि, नबिन राना, मोहन पुलामि, रिता श्रीष, छबिसरा राहाडि, तमाङसिह राहाडि, राजकुमार सिंजाली सुनिता सिंजाली , शान्ति घर्ति, बेलकुमारी त्रामु, सृजना थापा, मोनिका घर्ति, संदिप थापा, भिमबहादुर पुलामी , कुमार थापा, बोम श्रीष, धनबहादुर गुरुङ, मित्रा गुरङ रहेका छन् । अध्यक्ष, सचिव र कोषाध्यक्ष रहेको ३ सदस्यीय कार्यालय र ९ सदस्यीय सचिवालयको समेत गठन गरिएको छ । नव निर्मित समितिलाई केशबहादुर थापाले बधाई दिएका थिए। अन्तमा अध्यक्षद्वारा कार्यक्रमको समापन भएको थियो । समितिको प्रथम बैठक बसी महिलाहरुको महान पर्व हरितालिका तीजलाई प्रगतिशीलरुपमा मनाउने समेत निर्णय गरेको छ ।
ः महेन्द्र वश्याल

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित