महिला डाक्टरको बलत्कार पछि हत्या

नयाँ दिल्ली । भारतको पश्चिम बंगालको कोलकातामादुईसाता अघि एक महिला चिकित्सकको बलात्कारपछि हत्या भएको छ ।कोलकातास्थित आरजी कर कलेज अफ मेडिकल साईन्सको अस्पतालमा ३६ घण्टाको ड्युटीपछि आराम गर्न गएकी ३१ वर्षीय महिला चिकित्सकको अगष्ट ९ मा बलात्कारपछि हत्या भएको थियो । उनको सामुहिक बलत्कार भएको थियो । उनी निरन्तरको कामको खटाइपछि अस्पतालको सेािमनार हलमा आराम गर्न गएकी थिर्ईन । आराम गर्न गएको समयमा बलत्कार भई उनको विभत्स तरिकाले हत्या भएको थियो । पोष्टमार्टम रिपोर्टमा उनको जतासुकै चोटैचोट लागेको देखाएको बताईएको छ ।उनको हत्या भएको धेरै घण्टा सम्म पनि अस्पतालले परिवारलाई जानकारी गराएको थिएन । पछि मात्रै परिवारलाई जानकारी गराईएको थियो ।
उनको हत्या पछि देश भरिका डाक्टरहरु निरन्तर रुपमा आन्दोलनरत छन् ।साथै मुद्दा सर्वोच्च अदाालत सम्म पुगेको छ । सर्वोच्च अदालतले सीबीआईसँग घटनाको अनुसन्धानको रिपोर्टसमेत माग गरेको छ । त्यस्तै, आरजी कर अस्पतालमा भएको तोडफोडको विषयमा पनि पश्चिम बंगाल सरकारसँग विस्तृत विवरण माग गरेको छ ।सर्वोच्च अदालतले डाक्टरहरुको सुरक्षा र सुविधाको सुनिश्चित गर्न राष्ट्रिय प्रोटोकल बनाउन १० सदस्सीय कार्यदल पनि गठन गरेको छ । भारतमा बलत्कार ,हत्या ,महिला हिंसा जस्ता घटनाहरु निरन्तर रुपमा हुने गर्दछन् । डाक्टरमाथि नै अस्पतालमा नै यो घटना हुनु निकै दुःखद रहेको छ । आर जी कर मेडिकल कलेज सरकारी मेडिकल कलेज हो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित