पीडित डोम बहादुर पुनलाई समाजले दिलायो क्षतिपूर्ति

चेन्नै । अखिल भारत नेपाली एकता समाजले पीडित डोम बहादुर पुनलाई क्षतिपूर्ति दिलाउन सफल भएको छ । दुई महिना पहिला चेन्नैको श्री प्रेमाथुरमा अवस्थित के. आर इन्डष्ट्रीमा काम गर्ने दौरान प्युठान मान्डवीका डोम बहादुर पुन मगरको मेसीनमा परि बायाँ हात काटिएको थियो।

अखिल भारत नेपाली एकता समाजको दवावमा राम्रो उपचार गराउने काम भएको थियो। उपचार पछि अखिल भारत नेपाली एकता समाजका तर्फबाट लक्ष्मी प्रसाद आचार्य,महेन्द्र बस्याल र राजेश मगर पीडितले काम गर्ने कम्पनीमा गएर उद्योगको व्यवस्थापप संग पटक पटक वार्ता गरे पछि क्षेतिपूर्ति दिलाउन सफल भएको छ। कम्पनीले पीडितलार्इ चेक मार्फत क्षतिपूर्ति हस्तांतरण गरेको थियो ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित