हरियाणा । सोनीपत अखिल भारत नेपाली एकता समाज सोनीपत नगर समितिको आयोजनामा महिलाहरूको चाड हरितालिका तीज ६ सेप्टेम्बर २०२४ का दिन प्रगतिशील ढंगबाट मनाइएको छ। कार्यक्रम अनिसा बरालको सन्चालन , तारा शर्माको अध्यक्षताबाट अगाडि बढेको थियो । सो कार्यक्रमको प्रमुख अतिथि केन्द्रीय सचिव नारायण शर्मा रहेका थिए ।कार्यक्रमको अतिथिहरुमानगर अध्यक्ष प्रकाश न्यौपाने , सचिव रामप्रसाद भुसाल, कोषाध्यक्ष विष्णुकुमार बराल मगर, महिला नगरबाट जमुना थापा र मतिसा बराल रहेकाथिए । सहिदहरुको सम्झनामा एकमिनेट मौनधारण पछि उपस्थित जनमानस्लार्इ निसा पुन मगरले स्वागत गरेका थिए ।कार्यक्रमको उद्घाटन मैन बत्तीबालेर प्रमुख अतिथिले गरेका थिए । प्रमुख अतिथिले सोनिपतमा रहने आम नेपाली मजदुरहरुलार्इ एकता समाजको झन्डामुनिगोलबन्द गर्न अनुरोध पनि गरेका थिए । महिलाहरु को सक्रिय सहभागिता रहेको थियो । भव्यरुपमा कार्यक्रमसम्पन्न भएको थियो ।अन्त्यमा अध्यक्ष द्वारा कार्यक्रमको समापन भएको थियो ।

