हिसारमा तीजिकार्यक्रम सम्पन्न

हिसार । हिसारमा तीजि कार्यक्रम २०२४ सेप्टेम्बर ६कादिन कुमार धर्मसालामा सम्पन्न भएको छ ।अखिल भारत नेपाली एकता समाज सुदुरश्चिम उत्तर क्षेत्रीय समितिअन्तर्गत हिसार नगर महिला विभाग र प्रदेसी भाइबन्धु मिलनसार क्लबको आयोजनामा तीजि कार्यक्रम सर्मिला सर्माको सन्चालन ज्योति कुवरको अध्यक्षतामा सम्पन्न भएको हो ।

केन्द्रीय सदस्य स्याम बहादुर बिक, जुक्त बहादुर कुवर रुद्रबहादुर थापा क्षेत्रीय समितिका इश्वरी पान्डे, धन बहादुर दर्लामी, रुपेश तरामु मगर, दिनेश उपाध्याय, रामबहादुर सुनार, आदर्श नगर देखि महिला जानकी रावत, जवाहर नगर यरिया अध्यक्ष हरि खत्री प्रदेसी भाइबन्दुका अध्यक्ष शिव गौतम, सचिव तिलक बिक, संयोजक प्रेम विश्वकर्मा ,र महिला समितिकी मिना थापाको आतिथ्यता रहेको थियो । शहिदहरुको सम्झनामा एक मिनेट मौनधारणपछि उपस्थिति जनमानसहरुलार्इ उर्मिला सारुलेशब्दबाट रकलाकारहरुले संगीतबाट स्वागत गरेका थिए । कार्यक्रमको उद्द्घाटन केन्द्रिय सदस्य जुक्तबहादुर कुवरले गरेका थिए । कार्यक्रम शभ्य र भव्य रूपमा सम्पन्न भएको थियो । अन्तमा अध्यक्ष द्वारा कार्यक्रमको समापन भएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित