मेक्सिकोमा आप्रवासी चढेको ट्रकमा बर्बरतापूर्वक गोली प्रहार

काठमाडौँ — मेक्सिको ग्वाटेमाला सीमा नजिक मेक्सिकोको सीमा बलले आप्रवासी चढेको ट्रकमा बर्बरतापूर्वक गोली प्रहार गरेको छ । ट्रकमा ११ जना नेपाली सहित ३३ जना रहेका थिए । ती मध्ये ३ जना नेपालीको घाइते अवस्थामा उपचार भइरहेको छ । ११ जनानै मेक्सिको अध्यागमनको हिरासतमा रहेको बासिङ्टनस्थित नेपाली दूतावासले जनाएको छ । घटनामा ६ जनाको ज्यान गएको थियो । जसमा कुनै पनि नेपाली आप्रवासीको मृत्यु भएको छैन ।ग्वाटेमालासँगको सीमाबाट करिब ४० किलोमिटर उत्तरमा भएको घटनामा थप १० घाइते भएको मेक्सिकोको रक्षा मन्त्रालयले जनाएको छ ।ट्रकमा नेपालसहित भारत, पाकिस्तान, इजिप्ट, क्यूबा र अरबी नागरिक सवार थिए । मेक्सिकोको रक्षा मन्त्रालयका अनुसार आक्रमणमा मारिएकामध्ये ४ जनाको घटनास्थलमै र २ जनाको अस्पतालमा ज्यान गएको हो ।मेक्सिको हुँदै विश्वबाट आप्रवासीहरु अमेरिका पुग्ने गर्छन । विश्वमा आप्रवासीहरु बोर्डर मै मारिने । यात्राका क्रममा अनेकौं दुःख कष्ट भोग्नु पर्ने समुन्द्रमा यात्रा गर्दा समुन्द्रमा नै डुब्न पुगी मृत्यु हुने गरेको समाचार आईरहन्छन् । कडा चेकजाँचको आँखा छलाउँदै छल्दै विश्वबाट आप्रवासीहरु मेक्सिको हुँदै अमेरिका पुग्ने गर्छन । कैयौं आप्रवासीको बाटोमा नै दुःखद निधन हुन पुग्दछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित