असोज २५ , काठमाण्डौ । इजरायलले लेवनानको राजधानी बेरुतमाथि भारी मात्रामा हवाई आक्रमण गरेको छ । आक्रमणमा परी २२ जनाको मृत्यु हुन पुगेको र ११० जना भन्दा बढी घाइते हुन पुगेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।आक्रमण बिना जानकारी गरिएको थियो ।इजरायलले गाजाका साथै लेवनानमाथि निरन्तररुपले आक्रमण जारी राखेको छ । पछिल्लो समय इजरायलले आक्रमणलाई तीव्र पार्दै लगेको छ । इजरायलले लेवनानी भूमिमा गरेको आक्रमणमापरी हालसम्म २ हजार बढीको मृत्यु भैसकेको छ भने लाखौंको संख्यामा विस्थापन भईरहेको छ । भौतिक संरचनाहरु ध्वस्त भैरहेका छन् ।भग्नावशेषहरुबाट धुँवाको मुस्ला निस्केको समाचारको भिडियोहरुमा देख्न सकिन्छ । लेवनानमा रहेका हेजबुल्लाहहरुमाथिको कारवाही भन्दै इजरायलले निरन्तर रुपमा लेवनानमाथि आक्रमण गरिरहेको छ । हेजबुल्लाहले प्यालेष्टाइनी हमास समुहको इजरायली आक्रमणलाई समर्थन गरेको थियो । अब आक्रमणको निशाना हेजबुल्लाह पनि भएको भन्दै इजरायलले उनीहरुमाथि आक्रमण गरेको छ। लेवनानमाथि जारी आक्रमणले इजरायलले लेवनानलाई गाजा जस्तै बनाउने भन्दै सबैतिरबाट चिन्ता प्रकट भैरहेको छ ।

