काठमाण्डौ । युरोपेली देश स्पेनमा बाढी आएको छ ।बाढीमा परी ९५ जनाको मृत्यु हुन पुगेको स्पेनले जनाएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । बाढीले स्पेनको भ्यालेन्सिया क्षेत्र नराम्ररी प्रभावित हुन पुगेको छ । बाढी प्रभावितहरुको उद्धार कार्य जारी रहेको छ । पछिल्लो २४ घण्टामा भारी मात्रामा वर्षात भैरहेको जनाइएको छ । स्पेनबाट हाँक टुडेलाई दूर्गा शर्माले दिएको जानकारी अनुसार बाढीले मानवीय क्षतिका साथै निकै ठूलो भौतिक क्षति पु¥याएको छ । नेपालीहरु अहिलेसम्म सुरक्षित नै रहेका छन् । सरकारले सबैलाई उच्च सतर्कता अपनाउन सूचना जारी गरेको छ ।
Comments

