हैदरावादमा एकता महाधिवेशनको सन्देश सभा सम्पन्न

 

हैदरावाद । अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रिय समितिको आयोजनामा २०२४ डिसेम्बर २१ गते हैदरावादमा एकता महाधिवेशनको सन्देश सभा सम्पन्न भएको छ ।२०८१ मंसिर १३ देखि २३ गते सम्म सम्पन्न भएको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको एकता अधिवेशनको सन्देश सभा समितिका अध्यक्ष कृष्ण पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो। ज्ञात अज्ञात शहिदहरुप्रति एक मिनेट मौन धारण सहित शुरु भएको कार्यक्रममा जनसमुदायहरुलाई समाजका केन्द्रीय सदस्य राम प्रसाद पौडेलले शब्द द्वारा स्वागत गर्नु भएको थियो।
अतिथि आसन ग्रहणमा अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिका अध्यक्ष आनन्द बहादुर थापा, मनोहर पौडेल ,कोपिला धिमाल ,पदम कार्की ,गोविन्द बहादुर के सी र लक्ष्मी शर्माले एकता महाधिवेशनको उद्देश्य र लक्ष्य आगामी कार्यदिशाको बारेमा प्रष्ट पार्नु भएको थियो। महाधिवेशनको समयमा गरिएका झुट्टा प्रचारको पनि वक्ताहरुले खण्डन गरेका थिए । मन्तव्य राख्नेहरुमा केदारनाथ शर्मा दिलमाया थापा, राजेन्द्र धिमाल,टंक ठकुरी, लोकेश सिँजाली ,विष्णु गाहा पनि हुनुहुन्थ्यो । कार्यक्रमको संचालन पशुपति शर्माले गरेका थिए।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित