काठमाडौं । माघ २ गते, एकीकृत दलित मुक्ति मोर्चा , नेपालको आयोजनामा ” नेपाल – भारत दलित समुदायको अवस्था र समाधानको उपाय” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकोछ । नेपाल र भारत दुवै देशका दलितहरूले भोगेका समस्या र समाधानका उपाय बारे विचार आदान प्रदान गर्ने कार्य सम्पन्न भएको छ ।तुहीन ( अखिल भारतीय संयोजक ,जाति उन्मुलन आन्दोलन एवं सिपिआइ एमएल रेड स्टार पि बि एम) ले प्रारम्भमा भारतमा जात व्यवस्थाको स्थिति र त्यसका विरुद्धको संघर्ष बारे विषयवस्तु राख्नु भएको थियो । तुहिनले आर एस एस लाई विश्वकै पुरानो आतङ्कवादी संगठन भएको बताउनु भयो । भन्नू भयो ,” विश्वका धेरै आतंकबादी संगठन चर्चामा आउने र हराउने गरेका छन् तर १९२५ देखि यो आतंककारी संस्थाले भारतमा तमाम अल्पसंख्यक, मुसलमान ,ईसाई , नास्तिक ,गैर हिन्दु समुदायलाई हत्या ,बिस्थापन , आक्रमण ,अङ्गभङ्ग गराउने कम गर्दै आएओछ ।” तुहिनले आर एस एस र भाजपाले भारतलाई हिन्दु राज्य घोषणा गर्ने प्रयास गरेको बताउँदै यदि भारत हिन्दु राज्य भयो भने त्यसले खतरनाक हिन्दु फासीवादी शासन चलाउने छ र त्यसको असर नेपालमा पनि पर्ने छ । त्यसकारण नेपाल र भारतका सबै धर्मनिरपेक्षतावादीहरू र न्यायप्रेमीहरू एक जुट हुनु पर्ने आवश्यकतामा जोड दिनु भयो । उहाँले साम्राज्यवादले धर्मलाई आफ्नो स्वार्थमा प्रयोग गरेको चर्चा गर्दै मणिपुरमा हिन्दु र स्थानीय आदिवासीलाई लडाउने काम गरेको दृष्टान्त दिनु भयो । उहाँले भारतमा अहिले पनि ३ प्रतिशत ब्राह्मणले ७७ प्रतिशत राज्यको सुविधा उपभोग गरेको बताउनु भयो । जातीय प्रश्नलाई वर्ग संघर्ष शीत जोड्नु पर्ने तुहिनको विशेष जोड थियो ।लखन सुबोध ( जाति उन्मुलन आन्दोलन गुरुघासीदास सेवादार संघ, छत्तीस गढ भारत) ले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भयो । र भन्नु भयो,” दलित आन्दोलन तीन प्रवृतिबाट जोगिनु पर्दछ- १. कल्याणवाद ।यस विचारले केवल सामाजिक सुधारमा मात्र ध्यान दिन्छ ।यसले दलितहरूलाई कामचोर,लफङ्गा मात्र ठान्दछ । २. अर्थवाद- यसले केवल दलितहरूको रोजीरोटी व्यवस्था गरिदिए पुग्छ भन्छ । ३. दलितवाद- यसले दलित समस्याबारे केवल दलित मात्र बोले पुग्छ अरू बोल्न पर्दैन भन्छ । यी तीन खालका प्रवृतिबाट जोगिएर मात्र दलितको समष्टिगतरूपमा मुक्ति सम्भव छ ।” एकीकृत दलित मुक्ति मोर्चा नेपालका केन्द्रीय कार्यवाहक संयोजक टेकबहादुर विश्वकर्माले नेपालको तर्फबाट विषयवस्तु प्रस्तुत गर्नुभएको थियो । टेक बहादुर विश्वकर्माले संक्षिप्त कार्यपत्रमा कार्ल मार्क्सको भनाइ “विशिष्ट प्रकारको ( अउल्लङ्घनीय) श्रम विभाजनले दक्षिण एशियाली समाजमा अपरिष्कृत र अशिष्ट( छुवाछूत सहितको निकृष्ट) सामाजिक व्यवस्थाले जरा गाडेको ” लाई उद्धृत गर्दै नेपाल र भारत दुवै देशमा दलितहरूको योगदानको कदर नभएको उलेख गर्नु भएकोछ । उहाँले भरतमा अङ्ग्रेजलाई हटाउन र नेपालमा सामन्तवादलाई परास्त गर्न दलितहरूको महत्वपूर्ण योगदान भए पनि शासन सत्ता जनताको हातमा नआएकोले दलितको मुक्ति हुन नसकेको र त्यसैले थप संघर्ष अगाडि बढाउनु पर्ने कार्यपत्रमा उल्लेख गर्नु भएकोछ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य सन्तबहादुर नेपालीले दलितको समस्या दलितको मात्र होइन समग्र समाजकै समस्या भएकाले दलित समस्या समाधान गर्न सबै जातिका मानिस लाग्नु पर्ने बताउनु भयो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अर्का केन्द्रीय सदस्य पवनमान श्रेष्ठले दलितको समस्या समाधान यो ब्यबस्था र संविधानबाट सम्भव नभएकाले जन गणतन्त्र सहितको संविधान आबश्यक रहेको बताउनु भयो ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अर्का केन्द्रीय सदस्य राम बहादुर बुढाले जात प्रणाली मान्छे स्वार्थ अनुसार कृत्रिमढङले निर्माण गरिएको हुँदा नेपाल भित्रै पनि छुवाछुत र जातीय बिभेदको फरक फरक स्थिति रहेको चर्चा गर्नु भयो । बुढाले भन्नू भयो,” मधेशमा वैदिक हिन्दु समाजबाट विकास भएका समुदायहरूमा धातुको काम गर्ने सुनको काम गर्ने सुनारलाई बैश्यमा राखिएकोछ र छुवाछूत गरिदैन । पहाडमा सुनको काम गर्ने सुनारलाई शूद्रमा राखिएकोछ र छुवाछूतको व्यबहार गरिन्छ । पहाडमा ब्राहमण भित्र उपाध्याय ,जैशी,खत्री गरी मुख्य तीन पत्र र तल्लो भाते ,उपल्लो भाते, ल्याइते ब्याइते अनेकौं पत्र खडा गरिएकोछ । ब्राह्मणहरू नै ब्राह्मणवादबाट पीडित छन् ।” क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट ट्रेड युनियनका केन्द्रीय संयोजक ईश्वर तिमिल्सिनाले अम्बेडकरलाई आदर्श मानेर दलितको मुक्ति नहुने बताउनु भयो ।अखिल क्रान्तिकारीका केन्द्रिय संयोजक महेश श्रेष्ठले दलितहरूको शिक्षामा विशेष जोड दिनु पर्ने बताउनु भयो। नेपाल प्रगतिशील कानुन व्यावसायी एशोशियशनका संयोजक देव कुमार मोक्तानले चालू कानूनी ब्यबस्था दलितको निम्ति प्रयाप्त नभएको र उपलब्ध कानुन पनि कार्यान्वयन हुन नसकिरहेकोले कानून कार्यान्वयनकै लागि पनि संघर्ष गर्नु पर्ने बताउनु भयो ।
नेकपा( एकीकृत समाजवादी) का केन्द्रीय सचिब तथा दलित मोर्चाका इन्चार्ज गणेश बिक ले दलित समस्या सित जोडिएका वर्गीय समस्या, पित्रीसत्ताको समस्या,जनजातीय समस्या,अन्तरास्ट्रिय हस्तक्षेपको समस्यालाई पनि सँगसँगै हल गर्ने कोशिश गर्नु पर्दछ भन्नू भयो। उहाँले तत्कालका लागि सकारात्मक विभेदको नीति नै उपयुक्त हुने जिकिर गर्नु भयो । भारतको संविधानमा दलित शब्द उल्लेख नगरेको प्रसंग जोड्दै उहाँले नेपालको संविधानको धारा ४० र धारा २४ मा दलित अधिकारलाई मौलिक अधिकारको रूपमा राखेको प्रसंग उठाउनु भयो र भन्नू भयो ,” अधिकार पाएर मात्र हुँदैन अधिकारको उपयोग हुनु पर्यो। ” अर्का दलित नेता रामलाल सीले दलितको मुक्तिका लागि संसदवादबाट माथि उठ्नु पर्ने ,आर्थिक प्रणालीमा परिवर्तन ल्याउनु पर्ने, दलितले मात्र होइन सबैले थर फाल्नु पर्ने ,दलितलाई सबै क्षेत्रमा नेतृत्व विकास गराउने र कानुनी उपचारको पाटोलाई पनि पक्रनु पर्ने बताउनु भयो । नागरिक आन्दोलनका मोतिलाल नेपालीले जातीय संघर्ष र वर्ग संघर्षलाई फ्युजन गरेर जानू पर्ने बताउनु भयो ।
एशिया दलित राईट फोरमका महासचिव भक्त बहादुर विश्वकर्मा , दलित मुक्ति मोर्चाका शकर दुलाल,नेपाल दलित संघका दीपक सिंह ,दलित नेता दर्शन नेपाली,एमाले निकट दलित संगठनका एकराज लकान्द्रें,दलित नेता तृलोकनारायन विश्व्कर्मा ,दुर्गा बराइली लगायतले आफ्नो धारणा राख्नु भएकोथियो । एकीकृत दलित मुक्ति मोर्चा नेपालका केन्द्रीय कार्यवाहक संयोजक टेकबहादुर विश्वकर्माको अध्यक्षता सोही संगठनकि कार्यालय सदस्य शोभा बिश्वकर्माको सन्चालन र सोही संगठनका कार्यालय सदस्य रोशन बिशंखेले स्वागत गर्नु भएको थियो । कार्यक्रममा सहिद प्रति एक मिनेट मौन धारण गरिएको थियो । दुवै देशका सगठनहरूका बीचमा प्रकाशन र अध्ययन सामग्री आदान प्रदान गरिएको थियो ।


