बेंगलोर,भारत । नेपालको कालीकोट जिल्ला, नरहरीनाथ गाउँपालिका वडा नम्बर ४ रुप्षा अदेला निवासी दिपेन्द्र बोगटी र सुनिता कुँवर की जेठी सुपुत्री वर्ष ६ की रश्मी बोगटी को त्यहीं ठाउँमा निर्माण हुन गइरहेको अपार्टमेन्टमा काम गर्ने एकजना बिहारको भारतीय नागरिकले बलात्कार पछि हत्या गरेको छ। उक्त घटनाको जानकारी बुझ्न १४ जनवरी २०२५ का दिन अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सचिव रामसिंह बि क केन्द्रीय सदस्य तथा हाँक साप्ताहिक सम्वाददाता करन दयाल, केन्द्रीय सदस्य शेरसिंह वि क,केन्द्रीय सदस्य गणेश वि क केन्द्रीय सदस्य कलावती दयाल, केन्द्रीय सदस्य मिना बि क, क्षेत्रिय सदस्य बिरेन्द्र बि क, कविराज वि क सहितको प्रतिनिधि मण्डल घटना स्थल पुगेको थियो । त्यहाँको तनावग्रस्त अवस्थाले गर्दा प्रशसान प्रमुख थाना निरक्षक अथवा ईन्सपेक्टर लाई भेट्न सकिएन त्यस कारण घटना को जानकारी लिन १५ जनवरी २०२५ मा अखिल भारत नेपाली एकता समाज बेङ्गलोर दक्षिण नगर समितिका अध्यक्ष राम दत्त पाण्डे, केन्द्रीय सदस्य तथा हाँक साप्ताहिक का सम्वाददाता करन दयाल, केन्द्रीय सदस्य तथा महिला नेतृ ज्ञान मती वि क, को प्रतिनिधि मण्डले राम मुर्ति नगर पुलिस चौकी गएर प्रहरी निरक्षक किरण बाट लिइएको जानकारी अनुसार मृतक वालिकाका आमा बुवाले अखिल भारत लेपाली एकता समाजको सम्पर्क नम्बर र ठेगना कसैलाई न दिन अनुरोध गरेकोले दिन मिल्दैन भनेका छन्।आरोपित अभियुक्त अभिषेक को मुद्दा नम्बर तल उल्लेखित छ।
३२–२०२५
राममूर्ति नगर प्रहरी चौकी
उजुरी – सुशीला दीपेन्द्र कुमार
ठेगाना– विनयबा लेआउट
होसला राममूर्ति नागर
बेङ्गलोर ।

