चेन्नै, भारत । हराएकी शर्मीला सापकोटा अखिल भारत नेपाली एकता समाजको सहयोगमा भेटीएकी छन। समाजले शर्मीलालाइ निजका श्रीमान गोविन्दको जिम्मा लगाएको छ। खोज कार्यमा सहयोग पुराउनु हुने सम्पूर्ण साथीहरूलाइ अखिल भारत नेपाली एकता समाजले हार्दिक धन्यवाद दिएकोछ।
जैमिनी नगरपालिका वार्ड नंबर २ दमेक, बाग्लुङ जिल्ला निबासी हाल चेन्नईको मनाली न्यूटाउन हौसिङ बोर्डमा रहने कमल सापकोटाकी ३० बर्षीय श्रीमती सर्मीला सापकोटा दिनांक ११ जनवरी २०२५ का दिन देखि १ छोरा २ छोरी सहित हराएकी थिइन। श्रीमान र २ छोरा २ छोरी सहित मनालीमा रहदै आएकी थिईन। एक छोरा रूममा नै छोडेकी थिइन । निजका श्रीमान कमल र दाई दुर्गा प्रसादले खोजगुहार गर्न पुलीस प्रशासनमा हराएको जानकारी गराउनुका साथै अखिल भारत नेपाली एकता समाजलाइ खोजी गरीदीन आग्रह गर्नु भएको थियो।

