फरिदबाद , हरियाणा भारत ,पाैष २८ ,२०८१ अर्थात १२ जनवरि २०२५ ।
अखिल भारत नेपाली एकता समाज फरिदाबाद नगर समिति अन्तर्गत एन आई टि एरिया समितिको पुनर्गठन भेला सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता चुमन घर्ती, सन्चालन अर्जुन न्यौपानेले गर्नु भयो र अतिथिहरूमा केन्द्रीय सचिव नारायण शर्मा, सदस्य मधु भुसाल,थमन थापा र महिला विभागबाट रमा न्यौपाने,कुमारी थापाको अतिथि रहनु भएको थियो।अतिथि आशन ग्राहण पछि शहिदहरुको शम्झानामा एक मिनेट मौन धारण पछि उपस्थित जनसमुदायलाई शंकर न्यौपानेले शब्दबाट स्वागत गर्नु भएको थियो।
सो भेलाले चुमन घर्ती मगर लाई अध्यक्ष , शंकर न्यौपाने लाई उपाध्यक्ष, सचिव अर्जुन न्यौपानेलाई ,सहसचिव अजय न्यौपाने , कोसाध्यक्ष कुमारी थापा ,सदस्यहरू क्रमशः रमा न्यौपाने, दिपा बी सी,तिलक परियार, प्रीया परियार,भरत बिष्ट,दीपक बिष्ट,बैकल्पिक,सदस्यहरू,कलादेवी बिष्ट सुकमाया परियार,सल्लाहकार सदस्य,गगन बी सी,बिकास परियार,ओम परियार,एवम एक रिक्त स्थान राखिएको छ।प्रमुख अतिर्थि केन्द्रिय सचिव नारायण शर्माले एकता समाजको लक्ष्य र उदेश्य सहिद आफ्ना गहकिलो बिचार राख्नु भएको थियोे । नव निर्वाचित समितिको नामावली केन्द्रीय सदस्य मधु भुसालले पढेर सुनाउनुको साथै आफ्नो विचार राख्नुभएको थियोे र केन्द्रीय सदस्य थमन थापा अर्थात महिला बिभागबाट कुमारी थापा र रमा न्यौपाने ले नव गठित समितिलाई शुभकामना दिनुभएको थियाे।अन्त्यमा सभा अध्यक्ष द्वारा कार्यक्रम समापन गरिएकाे थियाे।

