बिगेसोको १२ दिने कार्यक्रम

काठमाडौ । बृटिस गोर्खा भूतपूर्व सैनिक संगठन ( बिगेसो) ले १२ दिने कार्यक्रम घोषणा गरी निर्धारित कार्यक्रम सन्चालन गरिरहेकोछ । सो कुरा बिगेसोका अध्यक्ष पदम सुन्दर लिम्बुले २०८१ माघ ११ गते जारी बिज्ञप्तिमा जनाइएकोछ ।२०८१ माघ १३ देखि २४ सम्म हस्ताक्षर अभियान, शान्तिपूर्ण लालटिन जुलुस, मोटर साइकल र्याली,कोण सभा सहितका कार्यक्रम गरिने अध्यक्ष लिम्बुको बिज्ञप्तिमा उल्लेखित छ।

सर्बोच्च अदालतले २०७९ माघ २४ गते भूतपूर्व गोर्खा सैनिकहरूको समस्या समाधन गर्न नेपाल सरकारलाई निर्देशनात्मक आदेश जारी गरेको थियो । बिगेसोले विगत देखि नै हरेक वर्ष माघ २४ लाई विशेष दिन मान्दै विभिन्न कार्यक्रम गर्दै आएको छ । यस पटक पनि बिगेसोले कार्यक्रम सन्चालन गरेकोछ । बिज्ञप्तिमा उल्लेखित कार्यक्रमको तालिका निम्न अनुसार –

१) २०८१ माघ १३ गते देखि२२ गते सम्म माइतीघर मण्डलामा विभिन्न संघ संस्था,पार्टी ,बुद्धिजीवी,समाजसेवीहरूलाई बिगेसोको अभियानमा ऐक्यबद्धता सहित हस्ताक्षर संकलनका लागि आह्वान गर्दै मन्तव्य,कविता वाचन,गीत संगीत सहितको कार्यक्रम ।

२) २०८१ माघ २२ गते दिउँसो १ बजे देखि शान्तिपूर्ण लालटिन जुलुस माइतीघर मण्डलाबाट नयाँ बानेश्वर पुगेर पुनः माइतीघर मण्डलामा पुगेर कोण सभा गर्ने ।

३) २०८१ माघ २३ गते ११ बजे माइतीघर मण्डलामा भेला भइ मण्डलाबाट भद्रकाली,सहिद गेट, न्युरोड गेट,शन्तिबाटिका,भद्रकाली,शहीदगेट ,त्रिपुरेश्वर,
थापाथली,माइतीघर मण्डला सम्म पुगेर मोटरसाइकल र्याली गर्ने र त्यस पछि मण्डलामा कोणसभा गर्ने ।

४) २०८१ माघ २४ गते माइतीघर मण्डलामा विहान ११ बजे भेला भइ मण्डलाबाट नयाँ बानेश्वर हुँदै माइतीघर मण्डला सम्म शान्तिपूर्ण र्याली गर्ने र मण्डलामा पुगे पछि र्याली कोणसभामा परिणत ।

 

 

 

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित