भारत । अखिल भारत नेपाली एकता समाज हिमान्चल नगर समितिले एक जना सन्तोष भनिने मृतक नेपालीको परिचय नखुलेको हुँदा मृतकको फोटो हेरी निजलाई चिन्नु हुने व्यक्तिले सम्बन्धित परिवार सम्म जानकारी पुर्याइदिन अनुरोध गरेकोछ ।

२०२४ जनवरी २७ मा शिम्ला जाने क्रममा अचानक बीच बाटैमा बसमा बिमार भएकाले अन्दाजी ३८ वर्षका सन्तोष भनिने ठेगाना नखुलेको नेपालीलाई सोही बसमा यात्रा गरिरहेका नेपालीहरूले रामपुर खनेरी हस्पिटलमा उपचारका लागि पुर्याएकाथिए । उपचारकै क्रममा उनको मृत्यु भएकोछ ।
अखिल भारत नेपाली एकता समाज हिमान्चल नगर समितिका अध्यक्ष कमल गौतम , सचिब सुरज कुमार , र प्रेम कुमार ठाकुर,भरत सिंह ठियोग,सपना भण्डारी निर्सु,राकेश शाही भद्रास,अमृत सिंह निरथ,प्रेम बाबा आर एस एल भदास ,अमर सोनी बो ,राजु रोका खनेरी,राजु सल्यान खनेरी,भरत सिंह खनेरी,लगायत समाजका कार्यकर्ताहरू अस्पतालमा पुगी सन्तोषको मृत शरीरको अन्तिम दाह संस्कारका लागि संगठनको पहलमा आर्थिक संकलन गरी दाहसंस्कार गरिएको समाजले जनाएकोछ ।

