चेन्नै । अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति रक्तिम विभागको बैठक विभागका इन्चार्ज राजु थापाको अध्यक्षता ,केन्द्रीय महासचिव महेन्द्र बस्याल ,क्षेत्रीय अध्यक्ष हेमराज रिजाल रक्तिम विभाग केन्द्रीय इन्चार्ज रामसिङ वि. क.को विशेष उपस्थितिमा फेब्रुअरी २३ मा बैठक सम्पन्न भयो । बैठकले आगामी दिनहरूमा रक्तिमका कलाकारहरुलार्इ एकजुट गर्दै,साँस्कृतिक वैचारिक अनुशासित रूपमा अझै ससक्त रूपमा अगाडि बडाउने निर्णय गरेको छ ।
बैठकका उपस्थित अतिथिहरुले कलाकारको महत्वबारे स्पष्ट पार्दै कलाकारहरुलाइ अगाडि बढ्न हौसला साथै सुझाव सल्लाह दिनुभएको थियो ।बैठक पछि कलाकारहरुको बीच प्रशिक्षण कार्यक्रम पनि सम्पन्न भएको थियो । प्रशिक्षणका क्रममा कलाकारको महत्त्व, भुमिका, जनवादी कलाकारमा हुनुपर्ने अनुशासन ,हाम्रो दाहित्वबारे केन्द्रीय इन्चार्ज रामसिङ वि.क. र क्षेत्रीय इन्चार्ज राजु थापा साथै सुर्य थापाले प्रशिक्षण दिनुभएको थियो ।
दक्षिण भारत क्षत्रीय समिति रक्तिम विभागको बैठक तथा प्रशिक्षण
Comments

