काठमाडौ । प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले मित्र राष्ट्र मालदिभ्सका सभामुख अब्दुल रहीम अब्दुल्लासँग शिष्टाचार भेट गरेका छन् । बिहीबार मालदीभ्सको संसद भवनमा भएको भेटमा द्वीपक्षीय हितम, संसदीय आदानप्रदान अभिबृद्धि र क्षेत्रीय स्तरमा सहकार्य गर्ने बारे छलफल भएको ढकालको सचिवालयले जनाएको छ । सांसद ढकालले नेपालका सभामुख देबराज घिमिरेको तर्फवाट मालदिभ्सका सभामुख अब्दुल रहीम अब्दुल्लालार्इ शुभकामना दिदै सार्क मुलुकका सभामुख र सांसदहरु बीचको आदानप्रदान बढाउनु पर्ने धारणा राखेका थिए । सभामुख अब्दुल रहीम अब्दुल्लाले नेपाल र मालदिभ्स असल मित्रराष्ट्र रहेको बताउनु भएको थियो । पूर्व मन्त्रीसमेत रहेका ढकाल मालदिभ्सको २ दिने मैत्रीपुर्ण भ्रमणमा छन् । ढकाल प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य हुन् । नेपाल र मालद्वीप बीच सन् १९८० मा कुटनैतिक सम्बन्ध स्थापना भएको हो ।

