जेलेन्स्कीले जील खाए

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेन्स्की बीच गत शुक्रवार भएको वार्ता भाँडिएको छ ।कुराकानीको एउटा बिन्दुमा जेलेन्स्कीले युद्धको आरम्भदेखि नै हामी एक्लै छौँ र पनि हामी आभारी छौँ भनेका थिए ।

lबिबिसि सेवाका अनुसार जेलेन्स्कीको यो भनाइपछि ट्रम्प आवेशमा आउँछन्। उनले युक्रेनमा जारी युद्ध अमेरिकी करदाताहरूमाथिको बोझको रूपमा बारम्बार प्रस्तुत गर्दै आएका छन्।

तपाईँ एक्लो हुनुहुन्न, ट्रम्प भन्छन्। तपाईँ एक्लो हुनुभएको छैन। हामीले तपाईँलाई ती मूर्ख राष्ट्रपतिमार्फत् तीन खर्ब ५० अर्ब दिएका छौँ, ।बाइडेन प्रशासनका पालामा युक्रेनलाई अमेरिकाले गरेको सहयोगप्रति सङ्केत गर्दै ट्रम्प भन्छन्।

त्यसबीचमा अमेरिकी उप राष्ट्रपति भान्सले आफ्नो देशको सहयोगप्रति युक्रेनी जेलेन्स्कीले अमेरिकालाई धन्यवाद दिए नदिएको प्रश्न गर्छन्।

उनी त्यतिमा मात्रै रोकिँदैनन् जेलेन्स्कीलाई गत नोभेम्बरमा भएको अमेरिकी निर्वाचनमा विपक्षी डेमोक्र्याटहरूलाई भोट मागेको आरोप लगाउँछन्।

अमेरिकी निर्वाचनको केही साताअघि जेलेन्स्कीले जो बाइडनको गृहनगर पेन्सलभानिआ क्षेत्रको एउटा हतियार कारखाना क्षेत्रमा गरेको भ्रमणप्रति भान्सले सङ्केत गरेका थिए।

उक्त भ्रमणप्रति रिपब्लिकनहरू रुष्ट थिए। उनीहरूले दुवै पक्षबीच तीव्र प्रतिस्पर्धा भएको राज्यमा राष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिसको चुनावी अभियानमा सहयोग पुर्‍याउन उक्त भ्रमण गरिएको आरोप लगाएका थिए। आरोप प्रत्यारोप बढ्दै गएपछि वार्ता भाँडियो । अमेरिकी सहयोग नपाउँदा जेलेन्स्कीले जील खाएका छन् ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित