भारत । अखिल भारत नेपाली विद्यार्थी संघको अनलाइन भेला २ मार्च २०२५ का दिन सम्पन्न भएको छ । भेलाको उद्घोषक विक्रम केसीले गर्नु भयो भने अध्यक्षता नर बहादुर बिकले गर्नु भएको थियो । अतिथिको आशन ग्रहण पछि सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो । स्वागत मन्तव्य कमला कुमारी बिकले राख्नुभएको थियो भने संगितबाट रक्तिमले अखिलको झन्डा फरर भन्ने गीतबाट स्वागत गर्नु भएको थियो ।
प्रमुख अनेरास्ववियु (छैठौ) का पूर्व महासचिव तथा वर्तमान हाँक साप्ताहिकका कार्यकारी सम्पादक राम बहादुर बुढाले अनलाइन भेलाको उद्घाटन गर्नु भयो । उहाँले सारगर्भित शव्दमा अति प्रेरणादायी भनाइहरू राख्नु भयो । क.खगेश्वर शर्मा, अखिल भारत नेपाली एकता समाजका केन्द्रीय महासचिव महेन्द्र बस्याल, सचिवहरू दिल्लीबाट नारायण शर्मा, पंजाबबाट चेतमान भन्डारी, दक्षिण भारत क्षेत्रीय अध्यक्ष हेमराज रिजाल, पश्चिम उत्तर क्षेत्रीय समितिका अध्यक्ष बाबुराम बस्नेत, सांस्कृतिक विभागबाट राम सिंह बिक, महिला विभागबाट दुर्गा सुवेदी, जनजाति विभागबाट सुर्य थापा, दलित विभागबाट करन दयाल र हाँक साप्ताहिकका पत्रकार राजु अधिकारी रहनु भएको थियो ।
भेलाले नर बहादुर बिकको अध्यक्षतामा १९ पूर्ण, ५ बैकल्पिक र ७ सल्लाहकार गरि ३१ सदस्यीय अखिल भारत नेपाली विद्यार्थी संघको केन्द्रीय समिति चयन गरेको छ । उपाध्यक्ष प्रकाश दयाल (बेंगलोर), सचिव कमला कुमारी बि क (गुडगाउ), सह सचिव गोमा बुढाथोकी (फरिदावाद), कोषाध्यक्ष दिपा केसी (चेन्नई), सदस्यहरू प्रतिभा बस्याल (चेन्नई), प्रतिभा बि क (बेंगलोर), नविन भेटाल (मुम्बई), भरत धमाला (हिसार), नविना दयाल (बेंगलोर), सिव केसी (चेन्नई), प्रवीण रिजाल (चेन्नई पश्चिम) जीवन न्यौपाने (ईलाहवाद), सुमन थापा (पाण्डी), मिरा परियार (हैदराबाद), राजु खड्का (भिवाडी), सुमित्रा सुवेदी (चेन्नई दक्षिण), अनुजा न्यौपाने (फरीदाबाद), सागर भन्डारी (जालन्धर), दर्शन थापा (पठानकोट), बैकल्पिक सदस्यहरू सरिता सिंह बिक (बेंगलोर), बिन्दु बि क (बेंगलोर), बिक्रम अधिकारी (चेन्नई पश्चिम) र रोशनी दयाल (बेंगलोर) रहनुभएको छ । समितिको सल्लाहकार सदस्यहरू बिक्रम केसी (चेन्नई), आयुशकुमार नेपाली (कोलकाता), विमल पौडेल (चेन्नई पश्चिम), सर्मिला बि क (चेन्नई उत्तर), रोशन थापा (पाण्डी), सन्तोष बि क (बेंगलोर) र दिनेश बि क (बेंगलोर) रहनुभएको छ । नव निर्वाचित अध्यक्षले समितिको तर्फबाट सपथ ग्रहण गरे पछि नव निर्वाचित समितिलाई अखिल भारत नेपाली एकता समाजका महासचिव महेन्द्र बस्यालले बधाइ दिनु भएको थियो ।

