अखिल भारत नेपाली एकता समाजले जेल जानबाट बचायो

चेन्नई, भारत । अखिल भारत नेपाली एकता समाजले प्रहरी हिरासतमा परेका राजकुमार बोगटीलाई जेल चलाउन हुनबाट बचाएको छ । प्रहरी हिरासतमा परेका राजकुमार बोगटीलाई जेलजानबाट बचाएर आफन्तको जिम्मा लगाएको हो ।
बडैयाताल गाउपालीका वाड नंबर २, पुटहा गाउ, बर्दीया जिल्ला निवासी रेशम बहादुर बोगटी क्षेत्री का ५० बर्षीय छोरा राज कुमार बोगटी क्षेत्री रोजगारीको खोजीमा आफ्नै छोरा पर्ने चित्र प्रसाद सुवेदीसँग एक हप्ता पहिला चेन्नई आएका रहेछन् । दुबै जना चेन्नई सेन्ट्रलमा उत्रे पछि गाउँको साथी सन्तोष गुरूङ रहेको स्थान गुम्डीपुन्डी जान भनेर हिडेछन् । जाने क्रममा अचानक डिप्रेशन भई राजकुमार बोगटी साथीसँग छुटिएछन् । झोला साथीले लगेछन् र गुम्डीपुडी पनि पुगेछन् । तर राजकुमार भौतारिदै हिड्ने क्रममा कतिपय आवारा केटाहरूले कुटपिट गरी लगाएको सर्ट समेत च्याति दिएछन् । आवारा केटा सँग जोगिई ज्यु जोगाउन भाग्ने क्रममा राजकुमार चेन्नईको भन्नारपेट एरियामा अवस्थित एक मुस्लिमको घरभित्र पसेछन् । विना सर्ट नाङगै घरभित्र पसेको र सरसामान चोरको आरोपमा उक्त मुस्लिमले फेरी कुटपिट गरि पोलीसलाई बुझाएको रहेछ । पोलिस इन्सपेक्टरले राजकुमारलाइ जेल पठाउनु अघि उनको बारेमा सत्य तत्थ्य बुभ्mन अखिल भारत नेपाली एकता समाजका महासचिव महेन्द्र बस्याललाइ फोन गरेर घटनाको जानकारी गराएको थियो । त्यस पछि महेन्द्र बस्यालले निज राजकुमार बोगटीसँग फोनमा कुरा गरेर उनको सबै रिपोर्ट लिने काम भएको थियो । निज राजकुमार बोगटीले आफ्नो घर ठेगानाका साथै आफुमाथि भएको अन्याय, अत्याचारको बारे सबै कुरा बताए । घर पुराइ दिनु भने । त्यस पछि एकता समाजले उनी निर्दोष रहेको कुरा पोलीसलाई बताए र जेल हाल्न हँुदैन । जेल हाले निकाल्न अत्यन्त समस्या हुन्छ । तसर्थ म राजकुमारका आफन्त पत्ता लगाउँछु र उनीहरूलाई बुजाउला पोलिसले पनि हुन्छ भन्यो । त्यस पछि महेन्द्र बस्यालले राजकुमारको विवरण सबै उल्लेख गरी आफन्तले तुरुन्त सम्पर्क गर्नु होला भनेर मेरो र उमानन्द आचार्यको मोबाइल नम्वर सहित समाचार फेसबुकमा अपलोड गर्नुभयो । त्यतिले मात्र चुप नबसेर बडैयाताल गाउँपालिकाका अध्यक्षको नम्बर र नाम गुगलमा सर्च गरेर अध्यक्ष हिमालय त्रिपाठीसंग फोनमा कुरा गरेर घटनाको सबै जानकारी गराउनुका साथै राजकुमारका आफन्त पत्ता लाउन आग्रह पनि गर्नुभयो । त्यस पछि फेसबुकको समाचारको कारण दिउँसतिर नेपाल तथा भारतका विभन्न ठाउँबाट राजकुमारजीका आफन्तहरूले मलाइ फोन गर्न थाले । सबैलाई घटनाको जानकारी गराउने काम भयो । सन्तोष गुरूङ र चित्र सुवेदी पनि गुम्डीपुन्डीबाट सम्पर्कमा आए । उनीहरूलाई घटनाको जानकारी गराए र तुरुन्त चेन्नईको वासरमेन्टपेट पोलिस स्टेशनमा आउन भन्नुभयो ।
चेन्नैबाट अखिल भारत नेपाली एकता समाज चेन्नई उत्तर नगर समितिका अध्यक्ष उमानन्द आचार्य घटनास्थलमा जानु भयो । पोलीस प्रशासनसंग भेटघाटका साथै मुद्दा यहीबाट टुंगाउने सल्लाह भयो । राजकुमारलाई प्रहरीले हस्पिटलमा लगेर औषधी उपचार र स्वास्थ्य कन्डिशनको चेकजान गराउने काम भयो । रात परेको हुनाले त्यो दिन चित्र र सन्तोषले राजकुमारलाई हस्पिटलमा नै कुरेर बस्नुभयो । त्यस पछि २ मार्च २०२५ का दिन बिहान ११ बजे अखिल भारत नेपाली एकता समाजको तर्फबाट उमानन्द आचार्य हस्पिटलमा पुगी राजकुमार बोगटीलाई हस्पिटलबाट डिस्चार्ज गराइ पुनः पोलिस स्टेशनमा लगियो ।


पोलिस इन्सपेक्टरसंग लामो कुरा गरी कुनै पनि हालतमा जेल नहाल्नुस भनी अनुरोध गरे पछि र प्रशासनिक मापदण्ड पुरा गरी सके पछि सबै कुरा अखिल भारत नेपाली एकता समाजले जिम्मा लियो । त्यस पछि निज राजकुमार बेगटीलाई उमानन्दले नयाँ सर्ट किनेर लगाइ दिनु भयो । अखिल भारत नेपाल एकता समाजको सदस्यता पनि दिनु भयो । अन्तमा प्रहरीले राजकुमारलाई संगठनको जिम्मा लगाएको थियो । अखिल भारत नेपाली एकता समाजले निजका आफन्त चित्र प्रसाद सुवेदी र सन्तोष गुरूङको जिम्मा लगाएर पठाएको छ । समाजले जेल बस्नुपर्ने स्थितिमा पुगेको एक जना नेपालीलाई प्रहरीबाट छुटाएर आफन्तको जिम्मा लगाउँदा सबै जना खुसी भएका छन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित