युक्रेनमा अमेरिकी सैन्य सहयोग स्थगन

काठमाण्डौ । अमेरिकाले युक्रेनलाई उपलब्ध गराउँदै आएको सैन्य सहयोग स्थगन गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । रुस र युक्रेनकोबीचमा २०२२ फेब्रुअरी २२ देखि भीषण युद्ध जारी छ । दुवै तर्फ युद्धले भौतिक तथा मानवीय क्षति गरिरहेको छ । यही अवस्थामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति निर्वाचित भइसकेपछि युक्रेनलाई दिँदै आएको सैन्य सहयोग रोक्ने निर्णय गरेका थिए । केही दिन पहिला ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति र युक्रेनका राष्ट्रपतिकाबीचमा युक्रेनमा युद्ध स्थगन गर्ने र युक्रेनका दूर्लभ खानीहरुमा अमेरिकी पहुँच रहने गरी सम्झौताका लागि भएको भेटवार्तामा चर्काचर्की भएको समाचार संसारभरी चर्चित भएको थियो ।
अमेरिकाको त्यो निर्णय भएपनि युरोपियन आयोगले युक्रेनको सैन्य सहयोगलाई बढावा दिने समाचारहरुमा बताइएको छ । जनता शान्ति चाहन्छन् ,शासक युद्धको सैन्य सहयोग जुटाउन कुदिरहेका छन् । विदेशीहरुले खानी तथा प्राकृतिक स्रोत साधनहरुमा आफ्नो विनाशर्त प्रवेशको माग गरिरहेका छन् । यो अवस्थामा सीमानामा छिमेकीसँग कुटनीतिक सम्बन्ध राम्रो राख्न नसकेर सीमा पारी सहयोग माग्दै युद्ध गरिहेकोमा युक्रेनका राष्ट्रपति जेलेन्स्कीको आलोचना हुने गरेको छ । जेलेन्स्कीले युद्ध शुरु भएयता रुस सँग लड्न अत्याधुनिक हतियार उपलब्ध गराउन निरन्तर माग गर्दै आएका थिए । लामो दूरीको मार हान्न सक्ने हतियार प्रयोग गर्न पाउनु पर्ने माग राख्दै आएका थिए ।
अमेरिकी भूतपूर्व राष्ट्रपति ह्वाइट हाउसबाट बाहिरिनु अगावै युक्रेनलाई यो सुविधा दिने निर्णय सम्म गरका थिए ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित