अखिल नेपाल जनसांस्कृतिक महासंघमा संयोजक दुःखी, सहसंयोजक योगी

काठमाडौं । अखिल नेपाल जनसांस्कृतिक महासंघको संयोजकमा हिरामणि दुःखी र सहसंयोजकमा नारायण योगी चयन हुनु भएको छ । २०८१ फागुन २० गते अखिल नेपाल जनसांस्कृतिक महासङ्घको केन्द्रीय समितिको एकता तथा पुनर्गठनको बैठकबाट सो निर्णय गरिएको हो । महासङ्घका संयोजक हिरामणि दुःखीको अध्यक्षता तथा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका का.वा. महासचिव सि.पि. गजुरेल र स्थायी समिति सदस्य हेमन्त प्रकाश ओलीको विशेष उपस्थितिमा सो पुनर्गठन सम्पन्न भएको हो ।
बैठकको प्रारम्भमा देशमा भएका विभिन्न समयका मुक्तिकामी जनसङ्घर्ष तथा महान् जनयुद्धका क्रममा सहिद हुने महान् सहिदहरूप्रति श्रद्धाञ्जली एवम् बेपत्ता योद्धा, घाइते अपाङ्गहरूप्रति उच्च सम्मान प्रकट गरिएको थियो ।
महासङ्घमा चार जना पछि थप गर्नेगरी ५७ सदस्यीय पदाधिकारी, सचिवालय र सदस्यहरूको नामावली बैठकले पारित गरेको छ । जसमा संयोजक – हिरामणि दुःखी (दाङ), सह–संयोजक – नारायण योगी (दाङ), सचिवालय सदस्यहरू – मित्रलाल पंज्ञानी (काठमाडौं), आदर्श राई (ओखलढुङ्गा), नारायण शर्मा (स्याङ्जा), अम्विका चन्द (रुकुम), शीतल कर्ण (धनुषा), अशल पाख्रिन (काभ्रेपलाञ्चोक), गौरी देवकोटा (काठमाडौं), मोदनाथ मरहट्टा (चितवन), प्र.डा.नदीश अधिकारी (काठमाडौं), अनिश योञ्जन (सिन्धुपाल्चोक), गोपाल वैद्य (दाङ), उदय रिजाल (काठमाडौं), अग्निराज पौडेल (काठमाडौं), प्रतिभा पौडेल (काठमाडौं), डम्बर भण्डारी (नवलपुर) र सदस्यहरू – धनेश्वर पोखरेल (प्युठान), बलराम तिमिल्सिना (सिन्धुली), मनु विक (काठमाडौं), पेमा लामा (सुनसरी), श्रीकृष्ण सुलु (भक्तपुर), पर्शुराम कोइराला (कास्की), सुशीला थापा (गोरखा), यज्ञबहादुर डाँगी (दाङ), श्रीधर अधिकारी (काठमाडौं), नारायण शर्मा ‘विपिन’ (चितवन), अनिल श्रेष्ठ (तनहुँ), काजी गाउँले (कास्की), अमिट योञ्जन (सिन्धुपाल्चोक), छायादत्त न्यौपाने (काठमाडौं), ईश्वरी गुरागाईं (ललितपुर), खगेश्वर भण्डारी (दाङ), चित्रबहादुर थारु (कैलाली), वि.वि. राई (इलाम), पि.पि. आचार्य (काठमाडौं), जय दाहाल (काठमाडौं), विष्णु न्यौपाने (चितवन), सफल सोडारी (ओखलढुङ्गा), अशल वाइवा (सिन्धुपाल्चोक), जयफुल्ला हसन (नवलपरासी), उमेश आचार्य (मकवानपुर), नरसिंह धिमाल (मोरङ), आस्था घिमिरे (मकवानपुर), शीला योगी (काठमाडौं), दलबहादुर वि.क. (बागलुङ), शरद लामिछिाने (काठमाडौं), धर्मदेव पंत (कञ्चनपुर), धनबहादुर थापा (बागलुङ), रेशम वि.सि. (दाङ), वुद्धिराम गैरे (अर्घाखाँची), पम्फा बन्जाडे (काठमाडौं) र सुजन थापा (कास्की) रहनुभएको छ ।
महासंघले क्रान्तिकारी कम्युुिनस्ट पार्टी नेपालको ‘जनसम्बन्ध विस्तार अभियान’ मा महासङ्घका सम्पूर्ण केन्द्रीय सदस्यहरू, कलाकार तथा लेखकहरू सक्रिय रुपमा सहभागी हुने जनाएको छ । महासंघले चैत्र ५ गते प्रतिरोध सांस्कृतिक दिवस मनाउने पनि निर्णय गरेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित