बाग्लुङ समाज स्पेनद्वारा आयोजित चैते दशैं कप भलिवल प्रतियोगिताको उपाधि रोयल राइडर्सलाई

 

बार्सिलोना । बागलुङ समाज स्पेनको आयोजनामा स्पेनको सुन्दर नगरी बार्सिलोना सम्पन्न चैते दशैं कप भलिबल प्रतियोगिताको उपाधि रोयल रायडर्स बार्सिलोनाले उचालेको छ । सोमबार सम्पन्न फाइनल खेलमा रोयल राइडर्स बार्सिलोलाले तमु समाज म्याड्रिडसंगको प्रतिस्पर्धामा लगातार दुइ सेट हात पार्दै उपाधि जित्न सफल भएको हो ।

उपाधिसँगै विजयी टिमले नगद १,५५५ युरो, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको तमु समाज म्याड्रिडले नगद १,०५५ युरो, ट्रफी, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ ।नौमति बाजाका साथ समाजका संरक्षक पुष्पराज भण्डारीले उद्घाटन गर्नुभएकोे उक्त प्रतियोगितामा बाग्लुङ समाज (रातो), बाग्लुङ समाज (सेतो), तमु समाज म्याड्रिड, युथ क्लब म्याड्रिड,रोयल राइडर्स बार्सिलोना, एनआरएनए स्पेन, मोना स्पेन, मगर समाज स्पेन, क्षेत्री समाज स्पेन, र बिसिएन स्पेन गरी जम्मा १० टिमहरू सहभागी भएका थिए ।

अप्रिल ६ र ७ सम्म चलेको खेलकुल कार्यक्रममा महिला भलिवल प्रतियोगिता, र १३ वर्ष मुनिका बालबालिकाहरुको भलिवल प्रतियोगिता पनि सम्पन्न भएका थिए । महिला भलिबलतर्फ बागलुङ समाज स्पेन, मोना स्पेन (ए), मोना स्पेन (बि) र एनआएनए महिला फोरम गरि चार टिमले प्रतियोगितामा भाग लिएका थिए । जसमा मोना स्पेन (ए) प्रथम र मोना स्पेन (बि)ले दोस्रो स्थान हासिल गरेका थिए । यसैगरि बालबालिकाको फुटबल प्रतियोगितामा पनि बाग्लुङ टिम प्रथम, हामी नेपाली टिम द्वितीय र नेपाली पाठशाला बार्सिलोना टिमले सान्तोना स्थान हासिल गरेका थिए ।

जिल्लाकै पहिचानको रुपमा स्थापित “चैते दशैं बागलुङे मेलाू को झल्को आउने गरी प्रवासी भुमिमा पनि विभिन्न खेलकुद कार्यक्रम आयोजना गरिएको समाजकी अध्यक्ष प्रगती शर्माले बताउनु भयो । उहाँले नियमित आयोजना गरिने यस्ता खेलकुद कार्यक्रमहरुले प्रवासी नेपाली समुदायबीच भाईचारा, सद्भाव र एकताको भावना अझ बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित