सडक दुर्घटनानामा १९ वर्षीय अनिशा परियारको दुःखद निधन

 

चेन्नै । सडक दुर्घटनानामा १९ वर्षीय अनिशा परियारको दुःखद निधन भएको छ ।चुवा नगरपालिका वाड नंबर ८, चुवा पर्वत जिल्ला निबासी हाल चेन्नईको चेटपेटमा रहदै आएकी गोविन्द परियारकी १९ बर्षीय श्रीमती अनिसा परियारको १८ अप्रेल २०२५ का दिन साँझ १० बजे श्रीमानसँग बाइकमा बसेर यात्रा गर्ने क्रममा बाइक दुर्घटना भई घटना स्थलमै निजको मृत्यु भएको छ , श्रीमान सक्त घाइते भएका छन्। श्रीमानको किल्पाक सरकारी हस्पिटलमा उपचार भई रहेको छ। उक्त घटनाको जानकारी पाउनसाथ अखिल भारत नेपाली एकता समाजको टिम घटनास्थल पुगी घटनाको जानकारी लिने काम भएको थियो। अशोक नगर पोलिस स्टेशनमा पोलिस प्रशासनिक काम र किल्पाकको सरकारी हस्पिटलमा पोष्टमार्टमको प्रकृया पूरा गरी आफन्तजन र अखिल भारत नेपाली एकता समाजका साथीहरूको उपस्थितमा १९ अप्रेल २०२५ का दिन चेन्नईको नुंगामवाक्कम श्मशानघाटमा निज अनिशाको अन्तिम अन्त्येष्टि गरिएको छ। यस संकटको समयमा अखिल भारत नेपाली एकता समाजले श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार जनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । निजको सम्झनामा एक मिनेट मौनधारणका साथै महेन्द्र वस्यालले समाजका तर्फबाट शोक मन्तव्य राख्नु भएको थियो। निजको अन्त्येष्टिमा सहभागी हुनेहरूमा हेमराज रिजाल, दिल कुमार नेपाली, मनिलाल नेपाली, विरू नेपाली, रमुना परियार, डोल बहादुर नेपाली, लक्षमी नेपाली, गोपाल बिक, राजेश सुनार, भीम बहादुर परियार, लक्षमी परियार, कोपिला परियार, दिपक परियार (मृतकका आमा वुवा)जय बहादुर परियार, कृष्ण परियार, विकास परियार, कमल केसी, भीम बहादुर परियार, दुर्गा परियार, नरेन्द्र परियार, नरेश परियार, सन्तोष परियार, उषा परियार, पवी परियार, लक्ष्मी परियार, कमल केसी, प्रेम नेपाली, रत्न बहादुर, पान्डप केसी, लंक थापा, सन्तोष , सम्झना, पूजा, बाबुराम, उषा, निरा, लक्ष्मी परियार, प्रतिक्षा, गिता, संगिता, जेसेफ, एस्सी, अन्जु, दिपा, कोपिला, हरि परिवार, कृष्ण परिवार, बिजय, बिजय सापकोटा , राजेश सुनार, प्रेम गौतम, याम बहादुर, टेक बहादुर, गिरी नेपाली, अरून कुमार, प्रेम बस्याल, जीवन हिताङ, रामु, राम बहादुर परिया, रमैस र भीम बहादुर गुरूङ लगायतका साथीहरूको उपस्थिति रहेको थियो।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित