भारत – पाक युद्ध , दिल्लीमा हाई एलर्ट, पन्जाव सहित सीमा क्षेत्रमा ब्लाक आउट, शिक्षण संस्था बन्द

वैशाख २७, काठमाडौ । भारत र पाकिस्तान युद्ध सुरु भए पछि सीमा क्षेत्रका जनता त्रसित छन् ।

अखिल भारत नेपाली एकता समाजका सचिव नारायण शर्माले दिल्लीबाट वताए अनुसार दिल्लीमा भारतीय सुरक्षाकर्मीहरूले सुरक्षा सतर्कता बढाएका छन् । दिल्लीको लालकिल्ला लगायतका सार्वजनिक स्थलहरूमा भिडभाड नगर्न , दिल्लीका महत्त्वपूर्ण ठाउँहरूमा नजान ,फोटो नखिच्न भनिएको छ । उता पन्जावको जलन्धरबाट अखिल भारत नेपाली एकता समाजका सचिव चेतमान भण्डारीले ४ दिन देखि ब्लाक आउट भएको बताउनु भयो । सुरुमा राति एक दुई घण्टा वत्ती बन्द गरेर मुभ ड्रील गर्ने भनिएको थियो । तर अहिले रात भरी बिजुली बत्ती जान्छ । पंखा चल्दैन । एकातिर पंखा नभएर गर्मी,मच्छेड र अर्को त्रासले मान्छेहरू रातभरी निदाउन नसक्ने स्थिति रहेको भण्डारीले सुनाउनु भयो । जलन्धरबाटै दिलबहादुर गाहाले युद्धको खतराबाट सतर्कता अपनाउन हिजो देखि पन्जावमा स्कूलहरू बन्द गरिएको छ भन्नू भयो ।

फिरोजपुर,पठानकोट,जलालावाद,भटिण्डा,अमृतसर लगायत पन्जावका ठूला शहर र जम्मु कस्मिर ,राजस्थान जस्ता सीमा क्षेत्रमा रातिमा पूरै बिजुली बत्ती बन्द गरेर अन्धकार बनाइन्छ । बिहान उज्यालो भए पछि बिजुली बत्ती आए पछि टि भि च्यानलहरू हेर्दा रातिमा पन्जावमा गत राती मात्र पाकिस्तानले पठाएका ड्रोनले भारतका विभिन्न ठाउँमा आक्रमण गरेको समाचारहरूले जनाएका छन । पन्जाव र जम्मु कस्मीरको सिमाना पठानकोटमा विद्युत गृह रहेको र त्यहाँ पाकिस्तानले क्षति पुर्याउन सक्ने आशङ्का गरिएकोछ । पठानकोट लगायतका सम्वेदनशील ठाउँहरूमा नेपालीहरू कार्यरत रहेका छन् । भारत स्थित नेपाली दुतावास र भारतमा रहेका नेपाली संघ संस्थाहरूले नेपालीहरूलाई सतर्कता अपनाउन आह्वान गर्दै वक्तव्य जारी गरेका छन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित