चेन्नई , भारत । अखिल भारत नेपाली एकता समाज चेन्नई पश्चिम नगर समिति अन्तर्गत किल्पाक एरिया समितिको प्रथम सम्मेलन दिनांक ११ मई २०२५ का दिन सम्पन्न भएको छ। उक्त एरिया सम्मेलनको अध्यक्षता जीवन सुनारले गर्नु भएको थियो।

अतिथिको आशन ग्रहण पछि सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो। उपस्थित जनमानसलाइ शब्दबाट विमला नेपाली र संगितबाट रक्तिमले स्वागत गरेका थिए। प्रमुख अतिथि समाजका केन्द्रीय सदस्य तथा नगर अध्यक्ष राजु अधिकारीले दिप प्रजोलन गरेर उदघाटन गर्नु भएको थियो।

सम्मेलनको प्रस्तावित प्यानल प्रस्तु केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष हेमराज रिजालले गर्नु भएको थियो। उक्त प्यानल हाउसले एक मतले पारित गरेको थियो।

याम कुमार नेपालीको अध्यक्षतामा १३ पूर्ण ३ बैकल्पिक र ५ सलाहकार गरी २१ सदस्यीय किल्पाक एरिया समितिको चयन गरिएको छ। जस्मा उपाध्यक्ष जीवन सुनार, सचिव गुरू प्रसाद शर्मा, सह सचिव दिपक नेपाली, कोषाध्यक्ष किशोर शर्मा, सदस्य राजु श्रेष्ठ, दुर्गा बहादुर परियार, राजु नेपाली, रमेश नेपाली, कृर्ती रिजाल, जुना पौडेल, तारा नेपाली, अशोक नेपाली, बैकल्पिक सदस्य विमला नेपाली, सर्मीला नेपाली, दयाराम नेपाली, सलाहकार सदस्य गोविन्द नेपाली, दिपक खनाल, के राजु नेपाली, सन्तोष सापकोटा र हरि शर्मा रहनु भएको छ।

नव निर्वाचित समितिलाइ बधाई दिनेहरूमा समाजका केन्द्रीय महासचिव महेन्द्र वस्याल, केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष हेमराज रिजाल, केन्द्रीय सदस्य माया रोका, देवी रिजाल, क्षेत्रीय सदस्य भीम बहादुर थापा, प्रेम गौतम, सर्मीला नेपाली, तारा नेपाली, दीपेन्द्र नेपाली, अशोक नेपाली, राजु श्रेष्ठ र कृति रिजाल रहेका थिए भने कार्यक्रम संचालन नगर सचिव याम कुमार नेपालीले गर्नु भएको थियो।

