असार २३ गते पाँच दलको बैठक बस्ने

काठमाडौं । भोलि असार २३ गते काठमाडौंमा पाँच दलको बैठक बस्ने भएको छ । हिजो असार २२ गते बसेको पाँच दलको बैठकले सो निर्णय गरेको हो । बैठकमा क्रान्तिकारी कम्यूनिष्ट पार्टी नेपालका कार्यवाहक महासचिव सिपी गजुरेल, नेकपा (मसालं) का महामन्त्रि मोहनविक्रम सिंह, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का प्रवक्ता खड्क बहादुर विश्वकर्मा ‘प्रकाण्ड’को उपस्थिति थियो । बैठकमा नेकपा (माओवादी) केन्द्रका महासचिव देव गुरुङ र अखिल नेपाल किसान महासंघ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मीको पनि उपस्थिति रहेको थियो ।

भोलि २३ गतेको बैठकले साम्राज्यवादका विरुद्धमा कार्यक्रम बनाउने बताइएको छ ।  उक्त पाँच दलले यस भन्दा पहिले गत असार ११ गते जमल स्थित राष्ट्रिय नाचघरमा साम्राज्यवाद विरुद्ध अन्तरक्रिया गरेका थिए ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित