गण्डकी आवाज “सुस्ता विशेषाङ्क ” सुस्तामा विमोचन

 

मनु विक, नवलपरासी । गण्डकी आवाज सुस्ता विशेषाङ्क सुस्तामा विमोचन भएको छ ।सुस्ताको दुर्गा मन्दिर टोलमा २०८२ साउन १७ गते एक समारोहका बीच विमोचन सम्पन्न भएको हो। किसान नेता भीमदत्त पन्तको ८२ औ स्मृति दिवसको अवसर पारेर विमोचन गरिएको हो । विमोचन कार्यक्रम सुस्ता बचाउ अभियानका नेता लैला देवीको अध्यक्षता र हेमराज दाहालको सञ्चालनमा सम्पन्न भएको भएको हो। ज्ञात अज्ञात सहिदहरूको सम्झनामा एक मिनेट मौन धारणपछि अगाडि बढेको कार्यक्रममा लेखक ,बुद्धिजीवी ,राजनीतिक नेताहरू र सुस्ता बचाउ अभियानका नेताहरूको उपस्थिति रहेको थियो। सुस्ता बचाउ अभियानका सल्लाहकार किसन शर्मा गैरेसहित उपस्थित सबैले संयुक्त रूपमा पुस्तकको विमोचन गरिएको थियो। विमोचन पश्चात डाक्टर घनश्याम परिश्रमीले गण्डकी आवाज सुस्ता विशेषाङ्कको परिचर्चा गर्दै गण्डकी आवाज सुस्ता विशेषसाङ्क प्रकाशित हुनु नै धेरै महत्वपूर्ण काम भएको बताउनुभयो। उहाँले यहाँ लेखकहरुले जुन विधामा रचना गरेको भए पनि सबै सुस्ता र सीमासँग सम्बन्धित भएको बताउनुभयो। उहाँले सुस्ताले आफ्नो परिचय आफै बनाएको उल्लेख गर्नुभयो। कार्यक्रममा कमल गिरी र कल्पना गिरीले कविता वाचन गर्नुभएको थियो। कार्यक्रमको अन्तिममा अध्यक्षले पुस्तक निस्कनु अत्यन्तै खुसीको विषय रहेको भन्दै समापन गर्नुभएको थियो।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित