काठमाडौ , क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको आयोजनामा यहि भाद्र २० गते हुने बृहत जनसाँस्कृतिक कार्यक्रमको तयारी बैठक २०८२ भाद्र २ गते इच्छुक साँस्कृतिक प्रतिष्ठानमा बस्यो।बैठकमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल का ९ न व्यूरो सचिव चिन्तामणि पौडेल अखिल नेपाल जनसाँस्कृतिक महासंघका अध्यक्ष हिरामणि दुःखी, पार्टीका काठमाडौ सचिव एवम् केन्द्रिय सदस्य केदार खतिवडा , रक्तिमका अध्यक्ष नारायण शर्मा ,सामनाका अध्यक्ष असल वाइबा, जनसास्कृतिक महासघ ९ न संयोजक क गौरी देवकोटा लगायतको सहभागिता थियो।बैठकले व्यवस्थापन ,कलाकार तयारी गर्ने , कमेडी नाटक, अपेरा लगायत नयाँ नयाँ प्रस्तुति तयारी , जनगायक जीवनन शर्मा , कलाकार सुबोध गौतम लगायतका जन कलाकारहरुबाट सहयोगको लागि अनुरोध गर्ने लगायतका निर्णय गर्दै सप्पन्न भएको छ।

