पान्डिचेरी । अखिल भारत नेपाली एकता समाज नगर समिति पान्डिचेरीको आयोजनामा महिलाहरुको चाड हरितालिका तिजको कार्यक्रम आरोभिल एरियामा मिती २७–०८–२०२५ कादिन भब्य र सान्दार रुपमा सम्पन्न भएको छ । नगर सदस्य हरिकाला थापाको अध्यक्षता र नगर सदस्य राकेश चौधरीको संचालनमा अगाडि बढेको कार्यक्रममा वीर सहिदहरुको सम्मानमा एक मिनेट मौधारण पछि कार्यक्रम लगातार अघि बढेको थियोे कार्यक्रमका प्रमुख केन्द्रीय सदस्य तथा नगर अध्यक्ष सुर्य थापा , नगर सहसचिव प्रेम के सी , कोषाध्यक्ष आर जनकराज शर्मा , सदस्य बाटुली थारु , लोक बा गुरुङ , डिके थापा , दिनानाथ शर्मा ,प्रेम सुवेदी ,भक्त बा चौधरी ,असोक बहिक,आरोभिल एरिया समितिका अध्यक्ष वीर बा चौधरी , सदस्य माईकल नेपाल , बिशाल थापा ,नन्दलाल शेर्पाली , याम प्रसाद चालिसे ,लगायतका वक्ता हरुले तिजि कार्यक्रम विशेषता बारे पस्टाउनु भएको थियोे भने केन्द्रीय सदस्य सुर्य थापाले संगठन र संगठनको भुमिका बारे पस्टा पार्नु भएको थियोे कार्यक्रममा उपस्थिति जनमानसलाई गिता शेर्पालीले शब्द बाट स्वागत गर्नु भएको थियोे भने रक्तिमका कलाकारहरुले गीतत बाट उपस्थिति जन मासलाई स्वागत गरिएको थियोे ।
कलाकार टिम मा सुर्य थापा , हरिकाला थापा , आर्चना थनेत , सम्झना दर्लामी मगर , गिता शेर्पाली , शर्मिला पौडेल , बिन्दु परियार , रवीन्द्र परियार ,रक्षा परियार ,सपना थापा,असोक बहिकको टोली रहेको थियोे भने कार्यक्रम स्थलको सहजिकरणको प्रमुख भुमिका अर्चना थनेत , भुपालनबाट भएको थियोे ।
पाण्डिचेरीका नगर अध्यक्ष सूर्य थापाले कार्यक्रममा सहयोग पु¥याउनु हुने सबैलाई हार्दिक धन्यवाद प्रकट गर्दै भन्नु भएको छ –“ यहाँहरुमा र आरोभिल एरियाका सम्पुर्ण साथीहरूबाट भएको आर्थिक, नैतिक र भौतिक सहयोगप्रति हाम्रो संगठन अखिल भारत नेपाली एकता समाज नगर समिति पान्डिचेरी र अध्यक्ष सुर्य थापाको तर्फबाट यहाँहरुमा हार्दिक धन्यवाद साथ सम्मान प्रकट गर्दछु यहाँहरुको सर सहयोग हमेसा रहनेछ ।”

