नेपालको राजनीतिमा विदेशी हस्तक्षेप

 

– सीताराम तामाङ

(नेपालको अस्तित्वको प्रश्न !)

“नेपालको राजनीतिक वृत्तमा एउटा भनाई प्रशिद्धछ ः न्यू दिल्लीमा पानी पर्दा काठमाण्डौंमा मानिस छाता ओढ्छन्

। यसको अर्थ हो नेपालको राजनीतिमा भारतको प्रभाव कति अर्थपूर्ण रहिआएकोछ ।”

१) विषय उठान ः

गज्जव छ बा ! नेपालको राजनीतिक इतिहास विदेशी हस्तक्षेपबाट सुरु हुन्छ । मैले यहाँअन्यत्रको होइन,खास–नेपाल,

प्राचीन नेपालको (हाल काठमाण्डू खाल्टो)इतिहासबाट कुरो सुरु गर्दैछु । यो कस्तो देश हो र यहाँका कस्ता जनता हुन,

जो जन्मदै (राजनीतिक हिसावले !) विदेशीको अधीनमा थिए ! नेपालको सर्वथा पुरानो मानिएको गोपाल राजवंशावलीले

त्यही भन्छ र यहाँका इतिहासहरु प्नि त्यसै भन्छन् ।यहाँका शासकमा पहिलो गोपालवंशी राजाहरु (ई.पू.१६००–

१३००)र महिषपालवंशी राजाहरु (ई.पू.१३००–१२००),जो दक्षिणबाट आएकाथिए, र किराँत राजाहरु (ई.पू.१२००–

४००),जो पूर्वबाट आएकाथिए । विदेशी लेखकहरु, डेनियल राइट्रसले किराँत १५,००० बर्ष पहिले नेपालमा आए र

१०,००० बर्ष शासन गरे,कर्क पेट्रिकले किराँतको १६०० बर्ष, सिल्भालेभी १२०० बर्ष, डि. आर रेग्मीले किराँतको

पछिल्ला शासकहरु पुटक र गस्ती थिए, र तिनलाई लिच्छविवंशका शुरुका शासक जयदेवले धपाए(ई.३४०–

५०)भनेका छन । गेपालदेखि किराँतराज्यकाललाई (१२००बर्ष) दास–समाजकालभनीवर्गीकरण समेत गरिएकोछ ।

लिच्छविकालदेखिको त दक्षिणाहरुले शासनगर्दैआएका कुराको बग्रेल्तीप्रभावहरु तेस्र्याइदैछ ।हुँदा,हुँदाभर्खरै भएको जेन–

जीको विद्रोह पनि विदेशीले नै गरेको (हालको नेपालको) भाष्य बनेकोछ । यो कस्तो देश हो र यहाँ कस्तो नागरिक

बस्तछन्,जस्को आफ्नो सत्वछैन !किन भएन? यसै विषयमायहाँ संंक्षिप्तमा छलफल गरिनेछ ।

२) नेपालको प्राचीन समाज–संरचना

जम्बुद्धीपमा (हालको भारत) आर्यहरुको (ककेसीयन) प्रवेश हुनुभन्दा धेरैअगाडि मूलतःतीनमुख्यजातिहरु थिए

द्रविड,अष्ट्रिक र भोट–बर्माली (पहेँलो) । द्रविडहरु, जो सिन्धुघाँटीको सभ्यतासँग जोडिएको जाति,

मूलतःविद्याचलपर्वतको दक्षिणी भागमा आवाद थिए । आष्ट्रिक अर्थात मुण्डा–सन्थाल जाति पश्चिमबंगाल,बिहार र

छोटा नागपुर क्षेत्रमा समेटिएका थिए । भोट–बर्मेली (पहेँलो) जाति हिमालको दक्षिणी भागमा (पहाड+तराई)

कास्मिरदेखि पूर्व नेपाल, सिक्किम, भुटान,आसामसम्मफैलिएकाथिए । आसामदेखि पूर्व

बर्मा,लाओस,थाइल्याण्ड,भियतनामहुँदै सम्पूर्ण दक्षिण–पूर्व एसियामा

यो जातिकामानिसले ढाकेकाछन् । यिनीहरुले अलग–अलगभूखण्डमा अलग–अलगभाषा,संस्कृति सहितको सभ्यताको

विकास गरे, आ–आफ्नो पहिचानबनाए ।यीआदिवासीजनजातिहरुलाई नेपालमाब्याँसी,सौंका,भोटे,मगर,तमू (गुरुङ),

तामाङ,नेवा,खम्वू,लिम्बू,थारु,काचे,मेचे,आदिनामले चिनिन्छन् ।यिनका आ–आफ्नाभूगोल छन् –जडान,मगरात,तमुवान,

ताम्सालीङ,नेवा,खम्बुवान,लिम्बुवान,थरुहट,कोचिला,आदि । नेपालकाप्रथमबासीहरु उत्तरतिरबाटै आएकाहुन । लिच्छविहरु

पस्नु अघि नेपालको (उपत्यका) समाजमाभारतीयजातिकावाआर्य–हिन्दुहरु प्रवेशभएन । लिच्छविहरु आए पछि मात्र

ब्राह्मण, राजपुत, आदिआउनथालेकाहुन् ।

नेपालमा लिच्छविहरुले हिन्दुराज्य स्थापना गर्नु अघि काठमाण्डौं उपत्यका र उपत्यकाभन्दाबाहिर के कस्ता

अबस्थामामानिसहरु बस्तथे र तिनीहरुको सामाजिक संगठनको स्थिति कस्तो थियो ?यहाँका राजावादीइतिहासकार र

समाजशास्त्रीहरुले नेपालको समाज राजतंत्रबाटै शासितहुँदै आएको मान्ने दैवी सिद्धान्तलाई जोड दिदै आएको सन्दर्भमा

ऐतिहासिकभौतिकवादी सिद्धान्तको आधारमा यहाँको मानव–समाजविकासको चरण सत्य,तथ्यको आधारमापत्तालगाउनु

हाम्रो बिषयहुनु पर्दछ ।

माथि भनियो कि हालको नेपाल सरदभित्र बसेकाआदिवासीहरु मध्य–एसिया र मंगोलिया–चीनतिरबाट आएकाहुन

।उनीहरुसँग बोन–धर्म–विश्वास थियो,जो आजपर्यन्त रहिआएकोछ । काठमाण्डौको बुढानिलकण्ठ छेउमा बग्ने

धोवीखोलामाउत्खननगर्दा ई.पू.३०,०००बर्ष पुरानो मंगोलियाको गोवी–नमुनाको ढुंगे हतियार फेला परेको थियो

।तीहतियार तामाङको पूर्खाको थियो भनिएकोछ ।अर्को एक अध्ययनले खास–नेपालमाप्रवेशगर्ने

सबैभन्दाप्राचीनजातितामाङ भएको प्रमाणित गरेकोछ जस्ले १६,४००बर्षअघि र नेवारको (ज्यापू) पुर्खाले १०,४००

बर्षअघि काठमाण्डौंउपत्यकामापाईलाटेकेका थिए ।कर्कपेट्रिकले पनि नेवारभन्दा पहिले यहा ँतामाङहरु थिए भन्ने कुरो

मानेका छन् । प्रा.माणिकलाल श्रेष्ठले भनेकाछन् ः काठमाण्डौं उपत्यका तामाङ र नेवारको उद्गमस्थलहो ।

बौद्ध साहित्य ‘मूलसर्वस्तिवाद–विनयसंग्रह’अध्ययन गर्दा खास नेपालमा ई.पू.सातौं–छैटा ैंशताब्दीतिरबाट सभ्यताको

सुरुवातभएको देखिन्छ । गौतम बुद्धको पालादेखि (ई.पू. ५६३–४८३)नै यहाँ बुद्धधर्म जनजनको धर्म–संस्कृतिहुनगई सभ्य

समाजको निर्माण हुनमा मद्दत पुग्यो । तिनताका सम्म खास नेपाल बाहिरका पहाडी प्रदेशका सम्पूर्ण निवासीहरुमा झार–

पूmक,जादु–टुना र धामी–झाँक्रीहरुजस्ता परम्परागतविस्वास र मान्यता नै धर्मको रुपमा स्थापित भैरहेको अबस्थाथियो

।(१)कपिलबस्तुको उत्तरमाअसंस्कृत पर्वतीयमंगोलियनजातिहरु बस्तथे । राजासिंहदनुको शासनकालमा (गौतम बुद्धका

बाजे!) शाक्यहरुको बैभव देखेर छिमेकको एउटा पर्वतीयजातिले यहाँहमला गर्न आएको थियो ।

३) राजवंशः

 

ई.सं.१३८९ तिर संपादन गरिएको गोपालराजवंशावलीले प्रथम पटक नेपालमागोपाल,महिषपालशासकदेखि

जयस्थितिमल्लको समयसम्मको विवरण दिएको हो । त्यो पशुपतिनाथको प्रादुर्भाव वागोपालहरुको आगमनदेखि

ने.सं.५०८(वि.सं.१४४५) सम्मका घटनाहरु ल्ेखिएकाछन् ।बालचन्द्र शर्मा लेख्छन्, “पशुपतिको मन्दिरकोज्योतिपुरिएको

थियो । यसैवीचदानासुरले नेपाल–उपत्यकालाई पुनःजलमग्न गरेकोले द्धारकाबाट भगवान कृष्णको आगमननेपालमाभयो

। कृष्णले चोभारबाट जलनिकालीदानासुरको दमन गरी त्यसकी रुपवतीकन्यालाई बरण गर्नु भयो

।कृष्णकासाथआएकागोपालवंशीहरुले मातातीर्थमाबसी आठ पुस्ताशासन गरे (इ.पू.१६००–१३००)। यो वंशकाअन्तिम

राजायक्षगुप्त सन्तानहीनभएकाले हिन्दुस्तानतिरबाट (हालको जनकपुर) आएका अहिर (आभिर=ग्वाला!)हरुले

 

६ पुस्ताशासन गरे । यो वंशकाअन्तिम राजाभुवनसिंहको पालामापूर्वतिरबाट किसाँतहरुको आक्रमण भयो र त्यसपछि

यिनीहरुले निकै लामोसमयसम्मनेपालमा राज गरेको कुरा भाषावंशावलीले मानेकोछ”यी किराँतहरुलाई लिच्छविवंशका

प्रथम राजाले (ई.३४०–५०)पराजित गरेको भनिन्छ । ऐतिहासिकतथ्य प्रमाण विनाकावंशावलीहरुकाविवरणहरुमा

(गोपाल,मशिषपाल र किराँतशासनकाल) भरपर्नु नहुने तर्कहरु जायजहुँदाहुँदैपनिआजसम्म नेपालको प्राक–इतिहास भनेर

पढाईने विश्वविद्यालयहरुको पाठयक्रम हेदा के देखिन्छ भने नेपालको प्राक–इतिहास पनिविदेशी राजतंत्रको शासनबाट सुरु हुन्छ ।

४) प्रामाणिक राजतंत्रको इतिहास ः

क) नेपालको लिच्छवि शासनकालहरुमाथि भारतको गुप्त साम्राज्यको प्रभाव

– भारतका शक्तिशाली गुप्त राजाहरु लोकतांत्रिक राज्यब्यवस्थाकाविरोधी त छँदैथिए,साथैयिनीहरु बैद्धधर्मको पनि

विरोधी थिए ।पौराणिक (हिन्दु)साम्राज्यकापक्षपातीगुप्त राजाहरुको राजनीतिक प्रभावबाट मुक्त हुन नेपालमा

रहेका लिच्छवि राज्यका राजा बृषदेवले आफ्नो लोकतंत्रात्मक राज्यलाई राजतंत्रात्मक राज्यका रुपमा परिणत

गराई दिएकाथिए । यतिले मात्रनपुगी राजतंत्रात्मक राज्यलाई सुरक्षिततथा सुब्यवस्थितपार्न यिनले आपूmले परम्परादेखि मान्दै आएको बौद्धधर्म परित्याग गरी आफ्ना जेठा छोरा राजकुमार शंकरदेवलाई सनातन (हिन्दु!) धर्मको पौराणिक सम्प्रदायमादिक्षित गराई आफ्नाउत्तराधिकारी एवं युवराज घोषणा गराईदिएको स्पष्टछ । यसैले राजतंत्रात्मक लिच्छविराज्यका पहिला राजा हुनका साथै सनातन धर्मवलम्वी पहिलो नेपाली

राजा पनि शंकरदेब नै देखिएका छन् ।

‘जयबर्माको अभिलेख पाइएपछि बृषदेव नै पहिलो लिच्छवि राजा मान्नु प¥यो । बृषदेव मानदेवका बराजु थिए

।त्यतिबेलाको इतिहास हेर्दा (भारत) समुद्र गुप्तले तिनलाई (नेपालमा) पठाए । त्यत्रो साम्राज्यका अगाडि नेपालले
म स्वाधीन छु भनेर बस्ने कुरो भएन । कर तीर्ने कुरोछ–अभिलेखमा । समुद्र गुप्त जस्ता सम्राटले ..

. मावली खलक भनेर बृषभ देवलाई काठमाण्डौं पठाए । बर्मा वंशीहरुलाई हटाउनुमा बृषभ देवहरुले मिहिनत गरे

। समुद्रगुप्तले समर्थन गरेपछि मात्रै बृषभदेवले राजाहुन पाए।

“नेपालका लिच्छविहरु निकै पछि सम्म पनि मगधका अधीनभएका ठहर्छन् । हरिषेण–विरचित समुद्रगुप्त (३३०–

७५ई.)को प्रयागवालाशिलालेखमानेपालको उल्लेख एक करद‘प्रत्यन्त’(सानो राज्य)को रुपमा भएकोछ”

ख) नेपालमा मल्ल–वंशको शासनकाल

मगधका गुप्त सम्राटहरुको उदयले जसरी लिच्छविहरु बैशालीबाट धपिएर नेपालउपत्यकातिर पसे, त्यसैगरी पावा–

कुशीनारातिरका मल्लहरु पनि गण्डकी परदेशतिर पसे होलान् । लिच्छवि राजामानदेवले गण्डकी पारिका –

पश्चिमीनेपालको मलेबुङ (मल्ल–भूमि?) मल्लहरुलाई पराजित गरेका कुरो छ ।बागमतीक्षेत्रका लिच्छवि र गण्डकी

क्षेत्रकामल्लहरुको संघर्ष पछिसम्मपनिकायम रह्यो । लिच्छविकालदेखि नै मल्लहरु बागमतीक्षेत्रमापनिप्रवेश गरे र

नेपाल संबत प्रारम्भ हुँदाको बखतयिनीहरुको शक्तिनिकै बलियो भइसकेको थियो । लिच्छवि राजाहरुको

अवसानपछि ने.सं.३१७(ई.११९७)मा अरिमल्लदेबनेपालको राजाभएदेखि मल्लकाल (ई.११९७–१३९५) सुरु हुन्छ ।

मल्ल राजवंशकायक्षमल्लको मृत्यूपछि (वि.सं.१५३८) नेपाल खाल्डो तीन टुक्रामा विभाजितभयो ।तिनकै सन्तानहरु

प्रताषमल्ल (काठमाण्डौं),सिद्धिनसिंह मल्ल (ल.पु.)र, रणजीत मल्लको (भक्तपुर) पालासम्म दक्षिणका प्रतापीमुगल

साम्राज्यलाई देशको बहुमूल्यबस्तुहरु (खजना) र हातीहरु प्रत्यकबर्ष सिर्तोक भर्नु पर्दथ्यो ।

अ) “पृथ्वीनारायणलेनुवाकोटकीर्तिपुरको विजयहाँसिल गर्नुमा युरोपले सामरिक साधनस्रोतद्धारा टेवादिएको थियो

।बंगालदेखि अवधसम्मआफ्नो विजयको ध्वजाफहराएको ब्रिटिस कम्पनी सरकारले गोर्खाका राजालाई अनुशासनको

महत्वबुझाएर युरोपेलीब्यापारीहरुमार्फत हातहतियार उपलब्ध गराई सफलताहासिलगर्न मद्दत पु¥याएकाथिए ।”

ग) पृथ्वीनारायण र अंग्रेज

“गोरखाहरुले चाँडै नै उपत्यकाकासाथै प्राकृतिक दृष्टिले फैलाउन सकिने क्षेत्रमा राज्यविस्तार गरे ।”

(सिल्माँलेभी,नेपाल (पहिलो खण्ड),काठमाण्डौं ः हिमालकिताब, २०२०,पृ.१३)।

आ) “इष्ट इण्डिया कम्पनीले सैन्य सहायता, आर्थिक र उच्चस्तरीय हतियार तथा रणनीतिक सल्लाहदिएकोले

गोर्खाली सेनाले काठमाण्डौंलगायतपूर्व जितेका हुन ।”

इ) ब्रिटिश–इण्डियाले नेपाल र तिब्बतलाई आफ्नो बजारबनाउनचाहेको थियो । तर भारतको मुगल ब्यापारीहरु

नेपालकामल्ल राजाहरुसँग मिलेर चीनसँगब्यापार बढाउँदै थिए ।बेलायतको अनुमानमा त्यो ब्यापार मुगल

सम्पत्तिको झण्डै ३० प्रतिशत थियो । बेलायतीहरु त्यो श्रोत हातलगाई भारतीयउपनिवेशबाट आम्दानी बढाउन

चाहन्थे । तसर्थ बेलायती सरकारले सैनिक सहायता र रणनीतिक सल्लाह उपलब्ध गराउने र त्यसका

बदला गोर्खाले भारत–चीनबीचनेपाल भै चल्ने ब्यापारलाई ध्वस्त गर्नु पर्ने शर्त संझौंताभएको थियो ।

पृथ्वीनारायणले नुवाकोट हमला गरेर अंग्रेजको मान राखे । त्यसपछि उनी काठमाण्डौं सर गर्नेदिशामा अघिबढे ।

५) सुगोली सन्धी र अर्ध–उपनिवेश नेपाल

ब्रिटिशको सामरिक सहयोगको कारण गोरखाहरुले चाँडै उपत्यकाका साथै प्राकृतिक दृष्टिले फैलाउन सकिने

क्षेत्रमा राज्यविस्तार गरे । कालीदेखि सिक्कम, तराईदेखि तिब्बतकाभञ्ज्याङहरु सम्मका स–साना रजौंटाहरुलाई

आफ्नो राज्यमा गाभे । गोरखाहरु स्पष्ट वक्त तर बेइमानथिए । धोखादिने काममा र बलमा आफ्ना दुस्मनहरु भन्दा
धेरै माथिथिए । … गोरखाहरुको अविश्वासिलो स्वभाव र जालझेलबाट दिक्कभएर ब्रिटेनले उनीहरुसँग सन्

१८१४–१६को युद्ध छेडे । नेपालको करारी हार भयो । सन् १८१६ मा सुगौली सन्धिभयो जसले दुई देशको सीमाना र

नेपालको बैदेशिक सम्बन्धकोबारेमाछिनोफानो ग¥यो । नेपालले महाकालीपश्चिम, मेचीपूर्व र तराईका सम्पूर्ण

भूभागगुमाउनका साथै (क) काठमाण्डौंमाएकजना ब्रिटिश प्रतिनिधि रहने, (ख) ब्रिटिश सरकारको स्वीकृतिविना

युरोपेलीतथा अमेरिकीनागरिकलाई सेवामानलिने, र (ग) नेपाल र सिक्किमबीचबिवाद पर्न गएमा ब्रिटिश

सरकारको मध्स्थता स्वीकार गर्ने । यसरी नेपाल ब्रिटिश–इण्डियाको अर्ध–औपनिवेशिकस्थितिमा रहनु गयो ।

६) राणा शासन उदयहुनुमा अंग्रेजको हात ।

सन् १८१६ को सुगोली सन्धिपछि ब्रिटिश दुत काठमाण्डौंमा बस्नथालेको २५ बर्षमै नेपालको

राजनीतिमा प्रभुत्व जमाईसकेको देखिन्छ । दरवारभित्रको कचिङ्गलयति बढेको थियो कि त्यसको अन्त्य १४ से.

१८४६को कोतपर्बबाट भयो ।कोतपर्बबाट जंगबहादुर राणा सत्तामाआए, जसलाई त्यहाँ पु¥याउनअंग्रेज साम्राज्यको

हात रह्यो । ब्रिटिश सरकारको आशीर्वाद पाएर जंगबहादुर शक्तिमाआउन समर्थ भएकोले जसरी भएपनिअंग्रेजलाई

खुशीतुल्याउने राणा शासकहरुको मुख्यनीतिथियो ।सन् १८५७माभारतमाभएको सिपाहीविद्रोहलाई दमनगर्न

नेपालीफौजको नेतृत्व गरी जंगबहादुर आफै मैदानमापुगेकाथिए ।जंगबहादुरले अंग्रेजहरुको हितगर्न कुनै कसर

बाँकी नराखेकोले उनलाई ब्रिटिश सरकारले ठूलो मानपदवीदिएका साथै सन् १८१४–१६को युद्धमा नेपालले

गुमाएको केहीभूभागहरु फिर्ता गरेको थियो ।सन् १८८५मावीर सम्सेर सत्तामा आएपछि ब्रिटिश–भारतीय

सेनामा गोरखाजवानलाई भर्ना गर्नसक्ने अनुमति दिएका थिए । प्रथम विश्वयुद्धमा (सन १९१४–१८)

हजारौंगोरखाली सेनाहरु ब्रिटिशको पक्षमा लड्न पठाईयो ।सन् १९२३को संझौंताअनुसार ब्रिटेनले

नेपाललाई सार्वभौम सम्पन्न राज्यको मान्यतादियो । जुद्धसंसेरले दोश्रो विश्वयुद्धमा (सन् १९३९–४५)गोरखाली

सेना र रसदपानीले अंग्रेजको

मद्दत गरेकाथिए ।”

७) सन् १९५१ (२००७ साल)पछि राजाने.का. र भारतका नयाँशासक

क) सन १९५० मा भारतका नयाँ सरकारले नेपालका राजा त्रिभुवनलाई दिल्ली उडाएपछि राणा शासनको पतनभयो

।भारतको समर्थनमा यहाँका राजतंत्रसित–युद्धकाल भरी “निरंकुश”बन्नपाएकाथिए ।

ख) राजात्रिभुवनको स्वीकृतिमा प्र.म.मात्रृका प्रसाद कोइरालाले सन् १९५४ मा भारतका हितहुने गरी बदनाम“कोशी

संझौता” गरेकाथिए ।वि.पि.ले उक्त संझौंताको स्वागत गरेकाथिएभने गणेशमानले विरोध ।

ग) राजामहेन्द्रको स्वीकृतिमाने.का. निर्वाचित प्र.मं.वि.पि.कोईरालाले बदनाम “गण्डक संझौंता” गरेको थियो ।

घ) राजामहेन्द्रले सन् १९६०(२०१७ साल) राजनीतिक“कू”मार्फत सत्ताहातमालिएर नयाँपञ्चायती संविधानदिए ।

चीन र भारतबीच सन् १९६२ मा सीमानालाई लिए र युद्ध भयो । राजाले आफ्नो निरंकुशशासनबचाउन सन्

१९६२मानेपालकोउत्तरी सीमामाभारतीय सैनिकचेकपोष्टहरु राख्नदिए (तिनैमध्यका एउटा कालापानीमाअद्यापि

रहेकोछ) भने सन् १९६५माभारतसँगगोप्यसैनिक सन्धि गरे ।

ङ) सन् १९९० (२०४६साल)को जनआन्दोलन र संसदीयब्यवस्थाको पुनस्र्थापना ।सन् १९८९मा राजाले भारतको

सहमति बिनै चीनबाट हतियार खरिद गरेको निहुँमाभारत सरकारले नेपालमाथिनाकाबन्दीग¥यो

।त्यस बखत नेपालमा पञ्चायती ब्यवस्थाको विरोध बढीरहेको थियो ।सन् १९८९ माभएको भारतका

े आम निर्वाचनमा विजयी जनता पार्टीका नेताचन्द्र शेखर नेपाली कांग्रेसको राष्ट्रिय सम्मेलनमा (१८–२० जनवारी

१९९०)सरिक हुन काठमाण्डौं आएका थियो ।उनको उपस्थितिमा ने.का.ले १८ फेब्रुअरी १९९० देखि

“पुनःबहुदलीय प्रजातंत्रको स्थापना” का लागि आन्दोलनको घोषणा ग¥यो ।बामहरुले पनि साथदिए । पञ्चायत

ढल्यो र संवैधानिक राजतंत्र सहितको बहुदलीयब्यबस्थापुनस्र्थपनाभयो ।सन् १९९१मानेपालीकाग्रेस र एमालेले

मिलेर महाकालीको टनकपुर ब्यारेजको पानी भारतलाई बुझायो ।

 

८) २०६२÷०६३को जनआन्दोलन र भारत

– सन् १९९६माने.क.पा.(माओवादी)ले जनयुद्ध सुरु ग¥यो ।सन् २००१(२०५८साल) राजाबीरेन्द्रको

सपरिवारको हत्या भयो । त्यस घटनामा भारतीय जाजुस “रअ”को हातरहेको पछि खुल्नआयो ।

–सन् २००२मा (२०५९ साल) गद्दीनसीन राजा ज्ञानेन्द्रले सन् २००५मा(२०६१साल)‘नेपालको कार्यकारीअधिकार’

प्रयोग गरी निरंकुश बने । सन् २००६मा सात राजनीतिक दल र माओवादी बीच दिल्लीमा भारत सरकारले

१२ बुँदे संझौंता गरायो जुन संझौता “राजतंत्र हटाउने र माओवादीलाई संसदीय मूलधारमा ल्याउने”

कुराले प्रमुखता पाएको थियो । फलतः राजतंत्र हट्यो र माओवादी संसदीयब्यबस्थाको मूलधारमा पस्यो ।

९) जेनजी आन्दोलन (2025 A.D÷२०८२ वि.सं.) र विदेशी हस्तक्षेप

राज्यले दिएको सुविधाअन्र्तगत सामाजिक संजालको प्रयोग गरिरहेको अवस्थामाओली सरकारले त्यसलाई बन्द गरेपछि

त्यसको प्रतिकारमाजेन–जीविद्रोह भएको थियो (२३ गते भाद्र २०८२मा)। त्यो जेन–जी पुस्ताले सामाजिक संजालखोल्न

र भ्रष्टाचार विरोधीमाग राखेर गरेको आन्दोलनमाथिओलीको सरकारले गोलीदागेर १९ जनाको हत्या र ४००

 

जनाभन्दा बढीलाई घाईते बनाएपछि भाद्र २४ सरकारको तानाशाहीको विरुद्ध सडकमा ब्यापकप्रदर्शन भयो ।प्रहरी

निरिह थियो,सेना रमिते बन्यो र दिउसो २ बजे ओलीले प्रधान मंत्रीबाट राजिनामादिए ।संसद भवन,सिंहदरवार,सर्बोच्च

अदालतकासरकारी भवनहरु र ब्यक्तिकानिवासहरु जले ।

सरकारी भवनहरु जलिसकेपछि सेनाले शान्ति–सुरक्षाको जिम्मालिनका साथै नयाँ सरकार निर्माणकालागि आवेदनमाग्ने

र जंगीअड्डामा (जंगबहादुरको नाममा राखिएको)‘अडिसन’ गराउने कामग¥यो (कान्तिपुर …. भाद्र २०८२)। केहीदिनको

छलफल पछि राष्ट्रपतिले पूर्व प्रधान न्यायधिस शुसिला कार्कीलाई फागुन २१ माआमनिर्वाचन गराउने गरी

प्रधानमंत्रीमा नियुक्ति दिए(मिति २७)। यो नियुक्तिलाई लिएर नेपालमाभारतको पूर्व राजदुत के.भी.राजन र

राजनीतिक विश्लेषक अतुल के.ठाकुरले टाइम्स अफ इण्डियामा (१४ से.२०२५)एउटा लेख छपाए “भारतले राजतंत्रको

अन्त्य र माओवादीलाई लोकतांत्रिक पार्टीको रुपमामूलधारमाल्याउनजनआन्दोलनलाई (२०६२÷०६३ !) समर्थन गरेको

थियो । तर दुर्भाग्यवस,नयाँर समावेशीनेपालको सपनानातावादतथा कृपावादले गर्दा देश दीर्घकालीनअस्थिरतामाफस्यो ।

चरम वामपंथीको पुनरुत्थानसँगै चीनले खेल्न सक्ने र अति दक्षिण्पंथी शक्तिबाट पनि राजसंस्था र नेपालको हिन्दु

पहिचानको पुनस्र्थापनाको लागि बढ्दोरुपमा आवाज उठिरहेकोछ । नेपालको जेन–जीको सन्दर्भमा प्रष्ट छ–कार्की

सरकारलाई समर्थन जनाउने कि राज्यलाई कमजोर बनाउन अब्यवस्थाको जोखिम मोल्ने

त्यसको भोलीपल्ट (३१भाद्र,२०८२÷१६से.२०२५)भारत सरकारकोविदेशमंत्रालयको बक्तब्यआयो,“भारत सरकार

शुसिलाकार्कीको नेतृत्वमानयाँअन्तरिम सरकार गठन भएकोमा स्वागतगर्दछ ।”

यसबाट निम्ननिष्कर्ष निकाल्न सकिन्छ ः

– भारत सरकार राजतंत्रको पुनस्र्थापनाको पक्षमाछैन ।

– शुसिला कार्कीलाई भारतको समर्थन आउनुको अर्थ सेना पछि हट्नु हो ।

किनभने नेपालको सेनाभारतीय (थल) सेनाको कमाण्ड मान्दछ ।

–यो सरकारलाई समर्थन गर्दा राज्यलाई कमजोर बनाउने अबस्थाको (राजावादी र चरम बामपंथी) जोखिममोल्नपर्दैन

।– पश्चिमाशक्तिहरुले भारतको यो लाईनलाई समर्थन गर्दा चीनको भूमिकातत्काललाई कमजोर पर्दछ ।

१०) स्वाभिमान नभएकाहरुले बनाएका र चलाएका देश

नेपालको राजनीतिकइतिहास अध्ययनगर्दा यो देशलेआजसम्मपनिआधुनिक राज्यको हैसियत वरण गर्न सकेको देखिंदैन ।

देशलाई स्वाभिमानबनाउने भन्दापनि सरकारमाजानलाई रगएकाले पनिविदेशी सत्ताको चाकरी गर्ने र

देशभित्रका जनतालाई लुट्ने प्रक्रियाको निरन्तरताको कारण यो देशविकासमा धेरै पछि प¥यो । अमेरिकाको ब्यापार

पुद्धको कारण चीन–भारत नजिकहुने र तेस्रो बिश्वयुद्ध हुने स्थितिबन्यो भने यो बफर राज्यले अस्तित्वको संकट भोग्नु

पर्नेछ ।आन्तरिक ब्राह्मणवाद र बाह्य साम्राज्यवादतथाविस्तारवादका विरुद्ध लड्ने स्वाभिमानशक्तिआजको खाँचो हो–

देशबचाउन र आधुनिक राज्यको हैसियतप्रदानगर्न ।स्वाभिमानभएकाहरुले सोचौंर स्वाभिमान नभएका तत्वहरुलाई

पाखालगाउँ । सबैलाई चेतनाभया !

सामाग्री

१)(केदारनाथप्रधान,नविनदृष्टिमा नेपालको प्राचीनइतिहास, काठमाण्डौंः पसिनाप्रकाशन,२०५४ः८५)

२) (रेग्मी,२०८१ ः १२१,कंशाकार, १९७३,ंशर्मा, २०३३ ः ४४)

३) (जनकलाल शर्मा,हाम्रो समाज ः एक अध्ययन,काठमाण्डौंः साझाप्रकाशन, सन् १९८० ः ७१)।

४) (भोगीराजचाम्लिङ, कान्तिपुर दैनिक,१८मार्ग, ३०७८)।

५) (An  Account of the Kingdom  of Nepal,1811;128 )।

६) (माणिकलाल श्रेष्ठ, २०५६ ः …..)।

७) (भुवनलाल प्रधान,बुद्धधर्म र शाक्यहरु काठमाण्डौं ः युवाबौद्ध समुह बु.सं.२५२९,पृ.१७)।

८)Rhys Darid ,Bouddhism (1012; p (28)। (बाबुराम आचार्या, नेपालको सांस्कृतिक परम्परा, काठमाण्डौं ः श्रीकृष्ण  आचार्य,२०५४ः१८)।

९) (नेपालको ऐतिहासिक रुपरेखा, वाराणसी ः कृष्ण कुमारी, २०३३ ः ६३)।

१०) (पृ.१५,१६)। बाबुरामआचार्य, नेपालको संक्षिप्तबृतान्त (२०७८,पृ.१५,१६)।

११) (जगदिशचन्द्र रेग्मी, कान्तिपुर दैनिक, २९ असार २०८१, कोसेली–अन्तर्वाता)।

१२) (वालचन्द्र शर्मा, नेपालको ऐतिहासिक रुपरेखा, काठमाण्डौं ः कृष्णकुमारी,२०३३,पृ.१८)।

१३) (E.D.Dunglas Himalaya, A Human  History , London;Boodey Head 200:95)।

१४) (डा.एच.जी.बेहर,नेपाल ःगिफ्टस अफ गड,२०८० …)।

१५) (गोविन्दमल्ल,नेपाल परिचय, पृ.२१९–२९९)।

१६) (नयाँपत्रिका ३० भाद्र२९८२÷१५से.२०२५)।

 

 

्रे

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित