नव–उपनिवेशहरूमा २१ औं शताब्दीमा फासीवाद र साम्राज्यवादबारे राष्ट्रिय जनवादी मोर्चा फिलिपिन्सको (NDFP) को प्रेस–विज्ञप्ति

फिलिपिन्सको राष्ट्रिय जनवादी मोर्चा (NDFP) ले नव–उपनिवेशहरूमा २१ औं शताब्दीमा फासीवाद तथा साम्राज्यवाद सम्बन्धी अन्तर्राष्ट्रिय सैद्धान्तिक सम्मेलन मे २२–२३ मा नेपालको काठमाडौँमा सफलतापूर्वक सम्पन्न ग¥यो । यो विगतका वर्षहरूमा आयोजित सैद्धान्तिक सम्मेलनहरूको श्रृङ्खलाको छैटौं परिघटना हो ।

दुई दिने सम्मेलनले साम्राज्यवादका अन्तर्विरोधहरुमा जरा गाडेको वर्गीय घटनाको रूपमा फासीवादको सैद्धान्तिक तथा ऐतिहासिक बुझाइलाई गहिरो बनायो । यसले फासीवादका विरुद्धको प्रति–धारा निर्माण गर्न जुझारु जनआन्दोलनहरूको महत्वका बारेमा पनि छलफल ग¥यो । यसका साथै, सम्मेलनले फासीवादको प्रभावकारी रूपमा सामना गर्न र त्यसलाई पराजित गर्न समाजमा चल्ने त्यस प्रकारका आन्दोलनहरु र जनवादी क्षेत्रलाई मार्गदर्शन गर्नसक्ने सिद्धान्त तथा रणनीतिहरू पहिचान ग¥यो । सम्मेलनले पाँचौं ल्म्ँए अन्तर्राष्ट्रिय सैद्धान्तिक सम्मेलनबाट सङ्कलन गरिएका पाठ तथा ज्ञान लगायत लेनिन, स्तालिन, दिमित्रोभ र माओको योगदानबाट पाठ सिक्यो, जसमा यो समारोहले २१ औं शताब्दीमा, विशेष गरी नव–औपनिवेशिक परिधिहरूमा फासीवाद कसरी ऐतिहासिक रूपमा विकसित र अनुकूलित भएको छ भनेर परीक्षण ग¥यो ।
नव–उपनिवेशहरूमा विशिष्ट ऐतिहासिक अवस्थाबाट उत्पन्न हुने फासीवादको वर्तमान अभिव्यक्तिहरूको बारेमा विस्तृत रूपमा व्याख्या गर्दै सम्मेलनमा सैद्धान्तिक पत्रहरूमाथि छलफल तथा अनुभवहरुको आदानप्रदान भयो । फासीवादको उदयका लागि परिस्थितिहरु र साम्राज्यवादी केन्द्र तथा नव–औपनिवेशिक घेराभित्र काम गर्ने जनताले अनुभव गरेका तीव्र आर्थिक संकटहरू माथि छलफल गरियो ।

विशेष गरी, अनुभवहरुको आदानप्रदान तथा छलफल गर्ने क्रममा फासीवादका भौतिक आधारबारे खोतलियो । साम्राज्यवादले, आफ्नो द्रुत पतनको अवस्थामा, नव–उपनिवेशहरूमाथि फासीवादको लागि बाटो खोल्दछ । वित्तीय कुलीनवर्गले आफ्नो पुँजी निर्यात गर्न स्रोतहरूको निरन्तर प्रवाह, अवरोधरहित आपूर्ति शृङ्खला र बजार सुनिश्चित गर्नका लागि आफ्नो प्रभाव क्षेत्रहरू विस्तार एवम् व्यवस्थित गर्न आफ्नो अभियान जारी राख्दछन् । यसले जनआन्दोलन तथा सशस्त्र सङ्घर्ष मार्फत् जनप्रतिरोधको सामना गर्ने गर्दछ । उक्त प्रतिरोधमाथि दमन गर्न साम्राज्यवादीहरूको इशारा र आह्वानमा फासीवादीकरण वा दलाल तथा जमिन्दारहरू सहित पूरा फासीवादी राज्यको विकास हुन्छ ।

साम्राज्यवादलाई जोगाउने उद्देश्यका साथ स्वभावतः फासीवादी कठपुतली शासन सत्ताहरू अगाडि आउँछन् । तिनका मालिकहरुको समर्थनमा नव–औपनिवेशिक राज्यहरूद्वारा विकसित प्रति–विद्रोहका कार्यक्रमहरू कार्यकर्ता, प्रगतिशील समूह, व्यक्तिहरू र मुक्ति सेनाहरूका विरुद्ध लक्षित हुन्छन् । तिनीहरूले गैरकानूनी गिरफ्तारी, यातना, मनोवैज्ञानिक युद्ध र हत्याको सामना गर्छन् । प्यालेस्टिनी जनता र प्रतिरोधका विरुद्ध यहुदीवादी तत्वहरुले गर्ने गरेको क्रूर तर्क र काम पनि यस्तै हो ।

यस ऐतिहासिक तथा राजनीतिक मोडमा, विभिन्न आन्दोलनहरू, उत्पीडित जनता, बुद्धिजीवीहरू र समाजका अन्य सकारात्मक शक्तिहरूको लोकप्रिय संयुक्त मोर्चा निर्माण गर्नु अति आवश्यक हुन्छ । श्रमिक जनताको शोषण, उत्पीडन र गरिबीलाई तीव्र बनाउने वित्तीय पुँजीका आर्थिक नीतिहरूका विरुद्ध लड्न सर्वहारा तथा मजदुरवर्गका पार्टीहरू, क्रान्तिकारी संगठनहरू, राष्ट्रिय मुक्ति आन्दोलनहरू, जनआन्दोलनहरू, महिला, युवा तथा सबै उत्पीडित जनताका आक्रामक लडाइँहरुमा जनताको नेतृत्व गर्न र तिनलाई परिचालन र शिक्षित गर्नु महत्वपूर्ण हुन्छ । जनताका बचेखुचेका लोकतान्त्रिक अधिकारहरूलाई मेटाउन सत्तारूढ दलालहरू र जमिन्दारहरूले गर्ने प्रयासका विरुद्ध जनपरिचालन गर्नु पर्छ । साथै, आज धेरैले अनुभव गरेका गम्भीर मुद्दाहरूको झण्डामुनि सबै मानिसहरूलाई एकताबद्ध गर्न सङ्कीर्णता र साम्प्रदायिकताबाट बच्नुपर्छ ।

दुई दिनको साझा र गहन छलफलका बीच नव–उपनिवेशहरूमा २१ औं शताब्दीमा फासीवाद र साम्राज्यवाद सम्बन्धी अन्तर्राष्ट्रिय सैद्धान्तिक सम्मेलन सम्पन्न भयो, जसले ५ महादेशका १७ देशहरूबाट सर्वहारा तथा मजदुर पार्टीहरू, पूर्व–पार्टी संरचनाहरू, क्रान्तिकारी सङ्गठनहरू, राष्ट्रियमुक्ति आन्दोलनहरू र प्रगतिशील सङ्गठनहरूका लगभग २०० जना सहभागीहरूलाई एकठाउँमा ल्यायो । सम्मेलनले २१ औं शताब्दीमा फासीवादको वर्तमान पुनरावृत्तिमा केन्द्रित १७ सैद्धान्तिक पत्रहरूमाथि प्रकाश पा¥यो, जसमा नव–उपनिवेशहरूमा यसका स्रोत तथा प्रकारहरूमा जोड दिइएको थियो ।
यो कार्यक्रम २१ औं शताब्दीमा फासीवाद सम्बन्धी ल्म्ँएको अन्तर्राष्ट्रिय सैद्धान्तिक सम्मेलनको अङ्श हो, जसले निम्न विषयवस्तुहरूको अन्वेषण गर्दछः १) साम्राज्यवादी केन्द्र र औद्योगिक पुँजीवादी देशहरूमा फासीवाद र २) नव–उपनिवेशहरूमा फासीवाद । ल्म्ँएको पाँचौं अन्तर्राष्ट्रिय सैद्धान्तिक सम्मेलन पहिलो विषयमा केन्द्रित थियो भने छैटौं ल्म्ँए अन्तर्राष्ट्रिय सैद्धान्तिक सम्मेलनले दोस्रो विषय ः नव–उपनिवेशहरूमा २१ औं शताब्दीको फासीवादमाथि ध्यान केन्द्रित रह्यो ।

सम्मेलन कार्यक्रमको संश्लेषण सहित नव–उपनिवेशहरूमा जनयुद्ध र क्रान्तिका शहीदहरूलाई श्रद्धाञ्जलि अर्पण गर्दै समाप्त भयो । सम्मेलन साझास्वरमा लाल सलाम सहित सबै क्रान्तिकारीहरूलाई सम्मान गर्दै र अन्तर्राष्ट्रिय गीत गाउँदै समाप्त भयो ।
मई २४, २०२६

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित