चित्तरञ्जन नेपालीद्वारा लिखित पढ्नै पर्ने पुस्तक ‘नेपाल – चिन सिमाना सन्धि’

 

काठमाडौं । चित्तरञ्जन नेपालीले लेखेको महत्त्वपूर्ण पुस्तक नेपाल – चीन सिमाना सन्धि अहिले बजारमा आएको छ। यस पुस्तकलाई मण्डप पब्लिकेसन हाउसले बजारमा ल्याएको हो। यसको मूल्य ५९५ राखिएको छ। यसको जम्मा पृष्ठ२३६ पृष्ठ राखिएको छ । चित्तरञ्जन नेपालीको खास नाम पद्मबहादुर खत्री हो। पछिल्लो संस्करण २०८० माघमा यो पुस्तक प्रकाशित भएको छ। नेपाल – चीन संयुक्त सीमा कमिटीका अध्यक्ष मेजर जनरल पद्मबहादुर खत्री उर्फ चित्तरञ्जन नेपाली आफैमा आधिकारिक व्यक्ति भएको र आधिकारिक दस्ताबेजका आधारमा पूस्तक लेखिएको हँुदा यो पुस्तक पढ्रन जरुरी छ । अहिले चीन र भारत सित नेपालको दार्चुलाको काला पानी क्षेत्रमा सीमा लववाद पनि भइरहेको हुँदा स्थिति बु

२०१६ चैत्र ८ गते नेपाल र चीनको बीच तत्सम्बन्धी विषयमा आवश्यक वार्तासमेत भएपछि संयुक्त कमिटी गठन गर्ने तर्फ दुवै सरकारकोबीच पत्रव्यवहार हुन थाल्यो। संवत् २०१७ जेष्ठ ६ गतेका दिन श्री ५ को सरकार नेपालबाट नेपाल चीन संयुक्त सीमा कमिटीको नेपाली पक्षको अध्यक्ष एवं सदस्यहरु मनोनित भएपछि त्यसको सूचना चीन सरकारबाट लेखिएको उक्त पत्रमा सीमा कमिटीका नेपाली पक्षहरुको सदस्यहरुको नामको सूचना दिनुका अतिरिक्त सीमा कमिटीको पहिलो अधिवेशन काठमाडौँमा गर्ने इच्छा पनि व्यक्त गरिएको थियो। त्यसपछि जनवादी गणतन्त्र चीन सरकारले पनि जुन १८, १९६० को पत्र द्वारा चिनिया पक्षका अध्यक्ष एवं सदस्यहरुको नामको सूचना गरैको थियो ।

सीमा कमिटी
नेपाली पक्ष
अध्यक्ष मेजर जनरल श्री पद्मबहादुर खत्री
सदस्यहरु श्री मोहन बहादुर सिंह
श्री नारायण प्रसाद राज भण्डारी
मेजर श्री आदित्य शमशेर जबरा
मेजर श्री भरत केशर सिंह र

चिनिया पक्ष
राजदूत चेन चि सी
कर्नेल श्री ट्याङ्गेटिंग
कप्तान श्री टु यैन
श्री चाङ पाउवा लगायत

दुवै पक्षका १० जना राखेर सीमा सम्बन्धी अध्ययन टोली गठन गरिएको थियो। यो अध्ययन टोलीले नेपाल चीन सिमाना को अध्ययन गरी प्रतिवेदन तयार पारेको थियो। २०१८ असोज १९ का दिन नेपाल–चीन सिमाना सन्धिपत्रमा हस्ताक्षर सम्पन्न भएको थियो। त्यसदिन अपरान्ह नेपाली राज दम्पतिको सम्मानमा अभिनन्दन चढाउन तथा सन्धिपत्रमा हस्ताक्षर भएको खुसियाली मनाउन पेकिङको विशाल रंगशालामा एक नागरिक अभिनन्दन समारोहको आयोजना पनि गरिएको थियो। यस समारोहमा चीनको राष्ट्रपति, प्रधानमन्त्री लगायत उच्चस्तरीय चिनिया पदाधिकारीहरुको साथ विशाल जनसमूहले भाग लिएका थिए ।

यस पुस्तकमा १. पराक्थन एवं सीमा कमिटीको गठन, २ विवादग्रस्त इलाकाको ऐतिहासिक विवरण ,३. अन्य सीमा स्थलहरू, ४. संयुक्त सीमा कमिटीका प्रथम चार अधिवेशन र सन्धिपत्र, ५. संयुक्त सीमा कमिटीका अन्तिम दुई अधिवेशन र मूल लिपि, ६. संयुक्त दलहरू, ७.सगरमाथा र ८.उपसंहार सहितको उपशीर्षक राखिएको छ ।

नेपाल र चीनका बीचमा सीमा सन्धि भएपछि तत्कालीन राजा महेन्द्रले बोलेको कुरा यो पुस्तकमा भनिएको छ । त्यो सन्धिपछि राजा महेन्द्रले भनेका थिए, “यसरी यस उत्तरी सीमा सन्धिले हाम्रो नेपाल अधिराज्यलाई करिब ३०० वर्ग मिलभूमिको लाभ भएको छ र सगरमाथा आज जसबारे संसारको आँखा परेजस्तो लाग्दछ, जस्तातस्तै हाम्रै देशभित्र हाम्रै भएर रहेको छ।”

यस पुस्तकको पछिल्लो संस्करणको भूमिका इतिहासविद प्राध्यापक डा. रमेश ढुंगेलले लेखेका छन् । भूमिकामा ढुंगेलले लेखेका छन् ,“ जे होस्, अब त्यसबेलाको कामको र ऐतिहासिक विवरण समेतले भरिएको यो कृति राष्ट्रिय र छिमेकी देशसँगको सम्बन्धको इतिहास र वर्तमान बुझ्नका निम्ति समेत धेरै उपयोगी र सहज उपलब्ध सामग्री बन्ने कुरामा विश्वस्त हुन सकिने भएको छ।” यस पुस्तकमा सीमा स्तम्भहरूको चित्र दिइएको छ। १२ वटा परिशिष्टहरू राखिएको छ । जसमा चिनिया सरकारले राजा महेन्द्रलाई गरेको स्वागत मन्तव्य, राजा महेन्द्रको स्वागत मन्तव्यको प्रति उत्तर समेत यहाँ राखिएको छ। पुस्तकमा राखिएका परिशिष्टहरूले पुस्तकको आधिकारिकता र त्यसका तथ्यहरुलाई प्रष्ट गर्दछन् जस्तै उदाहरणको निम्ति परिशिष्ट ए रसुवा सम्झौता ,धनकुटाका बडा हाकिमको पत्र, रुई भोट विषयका सनद,कोदारी सीमा सम्झौता,मुस्ताङ, अम्बाको पत्र लगायत ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित